२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

गाँजा नष्ट गरेर फर्किएका प्रहरीमाथि स्थानीयको अवरोध, प्रहरीद्वारा दुई राउण्ड हवाई फायर



मकवानपुर । मकवानपुरमा प्रहरी र स्थानीय बासिन्दाबिच झडप हुँदा अवस्था नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

बरामद १८ क्विन्टल गाँजा जलाएर फर्किएको प्रहरी टोलीमाथि स्थानीय बासिन्दाले आक्रमण गरेपछि अवस्था नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको प्रहरी अधिकारीले बताएका छन् ।

इलाका प्रहरी कार्यालय नेवारपानीको टोलीमाथि राक्सिराङ गाउँपालिका-१ कुपिनटारमा आक्रमण भएको थियो । स्थिति नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले राक्सिराङ-१ का ४३ वर्षीय कान्छालाल रुम्बालाई नियन्त्रणमा लिएको छ । प्रहरीले राक्सिराङ गाउँपालिका-१ गाल्छाराङमा लुकाइएको १८ क्विन्टल गाँजा प्रहरीले शनिबार बरामद गरेको थियो ।

सो गाँजा नष्ट गरेर फर्किँदै गर्दा शनिबार बेलुका स्थानीय बासिन्दाले प्रहरीमाथि आक्रमण गरेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता वसन्त कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १ : ५२ बजे

अर्थमन्त्री वाग्ले र भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री

वीरगन्ज महानगर प्रहरीप्रमुख भुसाल र सहायक निरीक्षक लुइटेल जिम्मेवारीबाट हटाइए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने