२७ बैशाख २०८३, आइतबार | May 11, 2026

बुटवल उद्योग बाणिज्य संघमा चुनावी सरगर्मी सुरु : वरिष्ठलाई अध्यक्ष बनाउने परम्परा तोड्दै उपाध्यक्ष हरि अर्यालले गरे अध्यक्षको दाबी



बुटवल । अन्तराष्ट्रिय क्लबहरुकै शैलीमा वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बनाउने परिपाटी बसाल्दै आएको बुटवल उद्योग बाणिज्य संघमा यस पटक भने परम्परागत परिपाटी भंग हुने संकेत देखिएको छ ।

वरिष्ठ उपाध्यक्षको अध्यक्ष बन्ने क्रमभंग गर्दै अर्का उपाध्यक्षले अध्यक्ष पदमा दाबी गरेपछि विगत केहि वर्ष देखि चल्दै आएको परिपाटी तोडिने भएको हो ।

नेपालकै संगठित व्यवसायिक संस्थाहरु मध्यको पुरानो व्यवसायिक संस्था बुटवल उद्योग वाणिज्य संघमा बहालवाला कार्यसमितिले वर्तमान वरिष्ठ उपाध्यक्ष उज्वल कसजुलाई अध्यक्षको उम्मेदवारका रुपमा प्रस्ताव गर्दा संघकै वाणिज्य तर्फका उपाध्यक्ष हरि अर्यालले अध्यक्षको दाबी सहित उम्मेदवारी घोषणा गरेका छन् ।

विगतको कार्यकालमा व्यवसायीहरुको सेवामा आफुले निभाएको भूमिका र नेतृत्वमा हुनुपर्ने सबै योग्यता आफुसँग भएकाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको अर्यालले बताएका छन् । घुमाउरो पाराले वर्तमान वरिष्ठ उपाध्यक्ष कसजुको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै अर्यालले समन्वय गर्ने, दवाव दिने र निर्णय गर्ने तीनैवटा क्षमता आफुसंग रहेको दाबी गरे ।

उम्मेवारी घोषणा गर्न बुटवलमा उनले गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्यालले आफु एक्लै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको उल्लेख गर्दै बाँकी अन्य सबै पदका उम्मेदवार नै आफ्नो टिम हुने जनाए । व्यवसायीक संस्थाहरुमा भाषा, जाती, आस्थाका आधारमा प्यानल बन्न नहुने भन्दै उनले वस्तुगत व्यवसायीहरुलाई समेटेर भने टिम बन्न सक्ने स्पष्ट पारे ।

संघको कार्यसमिति सदस्यबाट कार्यसमितिमा प्रवेश गरेर महासचिव हुँदै वाणिज्य तर्फका उपाध्यक्ष सम्म पुगेका आर्यालले अध्यक्ष पदका लागि आफुलाई संघका पूर्व अध्यक्षहरुको समेत समर्थन रहने दाबी गरे ।

सोमबारदेखि फागुन १३ गतेसम्म हुन लागेको संघको ६७ औं साधारणसभा तथा २४ औं अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ । संघमा १६१३ जना सदस्य रहेका छन् ।

उनले पत्रकार सम्मेलनमा वितरित प्रतिबद्धतापत्रमा बुटवलको प्रमुख व्यवसायिक क्षेत्र सिद्धार्थ राजमार्गको सर्भिस लेनलाई व्यवसाय मैत्री बनाउने, योगीकुटीदेखि सब्जीमण्डीसम्मको बाइपास सडकलाई छिटो सम्पन्न गर्नका लागि दबाब सिर्जना गर्ने, राजस्व अनुसन्धान तथा आन्तरिक कर कार्यालयको सुविधालाई व्यवसायी मैत्री बनाउन पहल गर्ने लगायतका विषयहरु समेटेका छन् ।

संघको कार्यसमितिले परम्परालाई जोगाउन भन्दै वर्तमान वरिष्ठ उपाध्यक्ष उज्वल कसजुलाई नै अध्यक्ष बनाउन प्रस्ताव गरेको अध्यक्ष सिमबहादुर हमालले जानकारी दिए ।

कसजुको निर्णय क्षमतामाथि प्रश्न उठाउँदै कार्यसमिति भित्रैबाट उद्योग तर्फका उपाध्यक्ष अनिल प्रसाद श्रेष्ठलाई अध्यक्ष बन्न आग्रह गरिएको भएपनि श्रेष्ठले नमानेपछि समितिले कसजुलाई नै प्रस्ताव गरेको संघको स्रोतले जनाएको छ ।

यद्दपी अघिल्लो निर्वाचनमा पनि वरिष्ठ उपाध्यक्ष खिम हमालका विरुद्ध कृष्ण कुमार श्रेष्ठले उम्मेदवारी दिए पछि निर्वाचन भएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ६ : ४७ बजे

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा

बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको