१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भाञ्‍जा अपहरण गरेर एक करोड फिरौती माग्ने मामा पक्राउ



धनुषा । आफ्नै भाञ्‍जा अपहरणको गरेर एक करोड रुपैयाँ फिरौतीको रकम माग गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलन आयोजना गरी नगराइन नगरपालिका-६ लग्मा बस्‍ने रमेश दासको सात वर्षीय छोरा चन्दन दासको अपहरणमा संलग्‍न रहेको आरोपमा महोत्तरी पिपरा गाउँपालिका-७ निवासी रामरतन दास भनेर चिनिने २० वर्षीय लक्ष्मेश्वरकुमार दासलाई सार्वजनिक गरेको हो ।

महोत्तरीको साबिक दनौली-७ र अहिलेको पिपरा गाउँपालिका-७ घर भई हाल जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका-७ कटैयाचौरीस्थित सरोज ठाकुरको घरमा डेरा गरी बस्‍ने नातामा नाबालकका मामा पर्ने दासले आफ्नै कोठामा बन्धक बनाई राखिएको अवस्थामा बालकलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

फोन गरी फिरौती माग गर्ने निज नाबालकको मामा दासलाई हिरासतमा लिई थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिएका छन । शनिबार दिउँसो १ बजेदेखि हराइरहेका बालकको खोजतलास हुँदै गर्दा बेलुकी ५ बजेको समयमा मोबाइलबाट फोन गरी बालकको आमासँग रु एक करोड फिरौती रकम माग गरिएको कुरा बालकका अभिभावकले टेलिफोनमार्फत सीमा प्रहरी चौकी लग्मा (जटही) धनुषामा खबर गर्ना साथ प्रहरी अनुसन्धानमा लागेको प्रहरी उपरीक्षक रानाभाटले जानकारी दिए ।

प्रहरी उपरीक्षक रानाभाटका अनुसार प्रदेश २ प्रहरी कार्यालयको प्राविधिक टोलीको सहयोगमा धनुषा प्रहरीले बालक अपहरणमा परेको सात घण्टाभित्रै सकुशल उद्धार गर्न सफल भएको हो । अपहरणमा संलग्‍न बालकका मामासहित तीनजना पक्राउ परेका छन । पक्राउ पर्ने अन्य दुईजनाको नाम खुलाइएको छैन । घटनाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ८ : ०४ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्