१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

उदघाटन, शिलान्यास र कार्यकर्ता भर्तीमा केन्द्रित ओली पथको चुनावी रणनीति



काठमाडौं । सामान्यतया दलहरुले कार्यावधिभर आफुले गरेका राम्रा कामहरु देखाएर आउने निर्वाचनको तयारी गर्ने गर्दछन् । राजनीतिक समूह वा पार्टीले आफ्नो समूह वा पार्टीले गरेको काम देखाउँछन् र आगामी दिनमा गर्ने कार्यक्रम सुनाउंछन् । तर केपी ओली नेतृत्वको सरकार र ओली नेतृत्वको पार्टीले भने चुनावी तयारीकारुपमा राज्यका बिभिन्न निकायमा कार्यकर्ता भर्ती गर्ने र बजेट होस् वा नहोस् योजनाहरु शिलान्यास गर्ने कामबाट चुनावी अभियान थालेको छ ।

चुनाव हुन्छ या हुँदैन सर्वोच्च अदालतले एकाध दिनमै फैसला गर्ला । प्रतिनिधिनिसभा विघटन सदर नै भयो भने पनि बैशाखमा चुनाव हुने सम्भावना लगभग सकिसकेको निर्वाचन आयोगकै पदाधिकारीहरु अनौपचारिक रुपमा बताउँछन् । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले त बैशाखमा चुनाव असम्भव भनिसकेको छन् । तर, ओली सरकारले भने जस्तै बैशाख महिनामा हुने भनिएको चुनावको दिन नजिकिँदै जाँदा ओलीका मन्त्रीहरु जिल्ला जिल्लामा शिलान्यास र उदघाटन हुन काँकी रहेका पुरानाधुराना परियोजनाहरु उदघाटन गर्ने र विभिन्न योजनाहरुको शिलान्यास गर्ने काममा खटिएका छन् ।

ओली सरकार भन्दा पहिलेकै सरकारले थालेका र ओली सरकारका पालामा सकिएका योजनाहरु भलै २ वर्ष पहिले काम सकेर सञ्चालनमा आएका हुन्, त्यस्ता योजनाहरु समेत खोज्ने र शिलालेख टाँस्दै उदघाटन गर्न गराउन ओलीका मन्त्रीहरुलाई भ्याइनभ्याई छ ।

चुनावी तयारीकै सिलसिलामा ओली आफै पनि उदघाटन र शिलान्यासको बहानामा सरकारी रकमको दोहन गर्दै पार्टीको सभामा भाषण गर्न देश दौडाहामा सक्रिय छन् । शिलान्यासकै लागि सरकारी पैसामा प्रधानमन्त्री ओली आज सुदूरपश्चिम प्रदेशको कञ्चनपुर पुग्दैछन्, जहाँ उनले दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नेछन् ।

बिहान साढे ११ बजे प्रधानमन्त्रीबाट औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आफुसंगै आफ्ना मन्त्रीहरुलाई यसै साता चारवटा औद्योगिक क्षेत्र शिलान्यासगर्न जिल्ला जिल्लामा खटाएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई बाँकेको नौवस्तामा औद्योगिक क्षेत्रको शिलान्यास गर्न ११ गतेको कार्यक्रम तय गरी खटाइएको छ । पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल आइतबारदेखि नै रुपन्देही पुगेर अनेकौं आयोजनाको शिलान्यास गर्न थालिसकेका छन् । र्आतबार लुम्बिनी केवलकारको शिलान्यास गरेका पौडेलले १३ गते २ वर्षपहिले औद्योगिक करिडोरको कार्यालय उदघाटन गरिएको मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । संसद विघटनपछि मात्र अर्थमन्त्री पौडेलले गृह जिल्ला रुपन्देही आसपासमा आधा दर्जन योजनाको उदघाटन र शिलान्यास गरिसकेका छन् ।

त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नै १७ गते मकवानपुरमा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम तय भै सकेको छ । यसैसाता प्रधानमन्त्री ओली गृहजिल्ला झापाको दमकमा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्न झापा पुग्ने कार्यक्रम समेत बनिसकेको छ ।

संसद र पार्टीले कामै गर्न नदिएका कारण संसद भङ्ग गर्नु प¥यो भन्दै रोईलो गर्दै हिँडेको ओली टिम अहिले भने ओली सरकारले जति काम कसैले गर्न नसकेको तर्क गर्दै हिँडिरहेको छ । प्रधानमन्त्रीले जे भने पनि मान्ने संसद चाहियो भन्दै निर्वाचन घोषणा गरेका ओलीले त्यहि संसदको ६४ प्रतिशत मतमा टेकेर संसद विघटन गर्न पनि भ्याएका छन् । त्यहि संसदको सर्वसम्मतले लिम्पियाधुरा र कालापानी समेटेको नक्सा पारित गरेको कथा सुनाउन पनि भ्याएका छन् र त्यही संसदले पारित गरेका ऐन कानुनले संघियता लोकतन्त्र संस्थागत र बलियो भएको भन्न पनि भ्याएका छन् ।

आफैले चुनावको तिथि मिति तोकेर सरकारलाई कामचलाउ बनाएका ओलीले सामान्य जिल्ला स्तरिय युवा सञ्जालदेखि कामकाज नभएको बाल संगठनहरुमा समेत कार्यकर्ता भर्ती गर्न पनि भ्याएकै छन् । स्वतन्त्र बसेका पत्रकारलाई सरकारी सञ्चारमाध्यममा जागिर दिने आश्वासन दिएर आफु निकट बनाउने प्रयत्नमा पनि ओली कार्यकर्ताहरु चुकेका छैनन् ।

समग्रमा सरकार शिलान्यास र कार्यकर्ता भर्तीकै जगमा टेकेर चुनाव जित्ने रणनीतिमा लागेको देखिएको छ । केहि कार्यकर्ता जम्मा गर्ने रिबन काट्ने, जग्गेमा बस्ने भुमि पुजा गर्ने र भेला भएका कार्यकर्ताले तरररर ताली पड्काउने । ओली सरकारको चुनावी रणनीति गज्जवको देखिएको छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ९ : १६ बजे

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल