७ आश्विन २०८३, बुधबार | September 23, 2026

मेलम्ची सुरुङमा पानी भर्ने परीक्षण सुरु



काठमाडौं । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी भर्ने परीक्षण सुरु गरिएको छ ।

आयोजनास्थलमा आयोजित औपचारिक कार्यक्रममा खानेपानी मन्त्री मणिचन्द्र थापाले सुरुङमा पानी पठाएर परीक्षण गर्ने काम सुरु गरेका छन् । कार्यक्रममा विघटित प्रतिनिधिभाका सदस्य शेरबहादुर तामाङ सहित आयोजनाका मुख्यअधिकारी उपस्थित थिए ।

गत असारमै सुरुङमा पानी भरेर परीक्षण गर्न थाले पनि हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर मानवीय क्षति भएको थियो । सो घटनामा एक जना इन्जिनियर र चालकलाई बगाएको थियो ।

त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी)को अनुदानमा चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो । उनीहरुकै सुझावको आधारमा पानीको फोर्सले भत्काएको गेट समेत पुनर्निर्माण भएको थियो । सबै तयारी पुरा भएपछि आज पुनः परीक्षण गरिएको हो ।

पहिलोको जस्तो दुुर्घटना नहोस भन्नका लागि यसपाला आयोजनाले पहिल्यै विशेष सतर्कता अपनाएको छ । परीक्षणका क्रममा हुनसक्ने संभावित खतरालाई मध्यनजर गर्दै हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताएका छन् ।

मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भरिन १६ दिन लाग्ने बताइएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १२ : ५३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११