८ बैशाख २०८१, शनिबार | April 20, 2024

मेलम्ची सुरुङमा पानी भर्ने परीक्षण सुरु



काठमाडौं । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी भर्ने परीक्षण सुरु गरिएको छ ।

आयोजनास्थलमा आयोजित औपचारिक कार्यक्रममा खानेपानी मन्त्री मणिचन्द्र थापाले सुरुङमा पानी पठाएर परीक्षण गर्ने काम सुरु गरेका छन् । कार्यक्रममा विघटित प्रतिनिधिभाका सदस्य शेरबहादुर तामाङ सहित आयोजनाका मुख्यअधिकारी उपस्थित थिए ।

गत असारमै सुरुङमा पानी भरेर परीक्षण गर्न थाले पनि हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर मानवीय क्षति भएको थियो । सो घटनामा एक जना इन्जिनियर र चालकलाई बगाएको थियो ।

त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी)को अनुदानमा चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो । उनीहरुकै सुझावको आधारमा पानीको फोर्सले भत्काएको गेट समेत पुनर्निर्माण भएको थियो । सबै तयारी पुरा भएपछि आज पुनः परीक्षण गरिएको हो ।

पहिलोको जस्तो दुुर्घटना नहोस भन्नका लागि यसपाला आयोजनाले पहिल्यै विशेष सतर्कता अपनाएको छ । परीक्षणका क्रममा हुनसक्ने संभावित खतरालाई मध्यनजर गर्दै हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताएका छन् ।

मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भरिन १६ दिन लाग्ने बताइएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  १२ : ५३ बजे

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार