१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

प्रतिनिधिसभा पुनर्स्थापना भए झन ठूलो अस्थिरता निम्तिन्छ : प्रधानमन्त्री ओली



कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भए देश झन ठूलो अस्थिरतातर्फ धकेलिने दाबी गरेका छन् ।

कञ्चनपुरको बेदकोट नगरपालिकामा दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भए निम्तिने अस्थिरतालाई सर्वोच्च अदालतले पनि विश्लेषण गरेको विश्वास गरे ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला दुई तीन दिनभित्रै हुनसक्ने बताउँदै ओलीले आफुहरु चुनावको तयारीमा लागिसकेको बताए । ओलीले प्रतिनिधिसभा पुनर्स्थापित भए पनि आफ्नो राजनीति नसकिने विश्वास गरे । प्रधानमन्त्री ओलीले भने, ‘अहिले प्रतिनिधि सभा विघटन भएको छ। देश चुनावतर्फ अघि बढेको छ । केही मान्छेहरु यस्तो भयो भने आफ्नो राजनीति सकिन्छ भनेर छटपटाइरहेका छन्। तर, हाम्रो राजनीति जे भएपनि सकिँदैन।’

ओलीले आफुले विराटनगरमा बोलेको कुरालाई गलत प्रचार गरिएको दाबी गरे । उनले भने ‘प्रधानमन्त्रीले प्रतिनिधिसभापुनर्स्थापना भए आन्दोलन गर्छु भन्यो भन्दै गलत प्रचार गरिएको छ । मैले नारा जुलुस गर्छु भनेको होइन् । देश विकासको आन्दोलन गर्छु भनेको हुँ । नारा जुलुश गर्ने, ढुंगा मुढा गर्ने आन्दोलन भनेको होइन।’

प्रधानमन्त्री ओलीले महाकाली सन्धीको प्रसंग कोट्याउँदै महाकाली नदी बेचेको नभई फिर्ता ल्याइएको दाबी गरे । महाकाली सन्धीबारे आफुलाई धेरैले गाली गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नदी बेचेको हाइन । त्यत्तिकै अर्काले लगिरहेको पानी आफ्नो खेतमा हाल्ने फैसला गरिएको छ । फिर्ता ल्याइएको छ ।’ महामालीको पानी किसानको खेत खेतमा पुयाउने योजना रहेको उनले बताए । त्यसक्रममा ओलीले पश्चिम सेती जलविद्युत आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माण गरिने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री ओलीले सरकारले सुदूरपश्चिमको विकास र समृद्धिका लागि ऐतिहासिक काम गरेको दाबी गरे ।

ओलीले नेपाली भूमि भारतबाट फिर्ता ल्याउने प्रक्रिया अघि बढेको बताए । नयाँ नक्शा संविधानमा समावेश गरेपछि भारतसँग भूमि फिर्ताबारे सम्वाद भैरहेको उनले दाबी गरे ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ४ : ५० बजे

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ