२५ चैत्र २०८२, बुधबार | April 8, 2026

साईन रेसुङ्गा बैंक १३ वर्षमा प्रवेश, ६ करोडको चुक्ता पुंजी १२ वर्षमा पुग्यो ३ अर्व ४० करोड



बुटवल । ६ करोडको चुक्ता पुंजीबाट कारोबार सुरु गरेको साईन रेसुङ्गा विकास बैंले आफ्नो स्थापनाको १२ वर्ष पार गर्दा ३ अर्व ४० करोड चुक्ता पुंजी बनाउन सफल भएको छ । बुटवलमा केन्द्रीय कार्यालय स्थापना गरेर लुँिम्बनी प्रदेश हुँदै राष्ट्रिय स्तरको विकास बैंक बन्न पनि साईन रेसुङ्गाले सफलता प्राप्त गरेको बेंकले दाबी गरेको छ ।

बैंक स्थापनाको १२ वर्ष पुरा भएर १३ औं वर्ष पुगेको अवसरमा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा ११ जना कर्मचारीबाट २०६५ सालमा स्थापना भएको रेसुङ्गा विकास बैंकले १२ वर्ष पुरा हुंदा साईन रेसुङ्गा बैंक बन्दै ७ सय ७५ जनालाई प्रत्यक्ष रोजगारी दिन सफल भएको जनाएको छ । बैकको १३ औं स्थापनासंगै बैंकले बुटवलको कालिकानगरमा नवनिर्मित सुविधासम्पन्न भवनबाट कारोबार शुरु गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै बैंकका अध्यक्ष थानेश्वर पौडेलले लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको आधार बनाउने लक्ष्यसहित बैंक अगाडि बढेको बताए । उनले बैंकले नाफा कमाउने उद्देश्यमा मात्र केन्द्रित नभएर कोरोनाबाट धारासायी भएका उद्योगी र व्यवसायीलाई सहलियत ब्याज दरमा पुनरकर्जा समेत प्रवाह गरेको जानकारी दिए ।

रेसुङ्गा विकास बैक लिमिटेड गुल्मीसंग मिति २०६९ चैत ४ गते, गौमुखी विकास बैक प्युठानसंग २०७३ जेठ २९ गते, पुर्णिमा विकास बैकसंग २०७६ असोज २७ र भार्गव विकास बैक लिमिटेडसंग मिति २०७६ असोज २७ गते मर्जर।एक्विजिसन गरिएको पौडेलले बताए ।

पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिका अनुसार स्थापना हुदा चुक्तापुजी ६ करोड रहेको थियो । हालको पुजिकोष चुक्तापुजी ३ अर्ब ४० करोड, जगेडा कोषमा ७२ लाख, कुल पुजीकोष ४ अर्ब १२ करोड रहेको छ।

बैकले हाल ३३ अर्ब १२ करोड निक्षेप र ३० अर्ब ५० करोड कर्जा प्रवाह गरेको छ । बैकका ४ लाख २३ हजार बढी ग्राहक छन। नेपाल राष्ट्र बैकले कुल कर्जाको कम्तीमा १६ प्रतिशत उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने नीति अनुरुप बैकले २४।६९ प्रतिशत लगानी गरेको छ ।

कृषि लगायत ब्याज अनुदायमा आधारित कर्जा १०।९९ प्रतिशत कर्जा प्रभाव गरेको अध्यक्ष पौडेलले बताए । बैकले लघु, घरेलु तथा साना उद्यम १५ लाखसम्म उद्यम, ब्यापार ब्यवसाय कर्जा अन्तरगत ३ सय ४ जना ऋणिलाई २४ करोड, ५ प्रतिशत ब्याज दरमा प्रदान गरिएको उनले बताए । यसैगरि महिला उद्यमी, फरक ढंगले सक्षम ब्यक्तिले संचालन गरेको उद्यम ब्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा ६ जनालाई ४ करोड १९ लाख, ३ प्रतिशत ब्याज दरमा विशेष पुनरकर्जा प्रदान गरेको छ ।

पौडेलका अनुसार बैकले ब्यवसायिक कृषि तथा पशुपक्षी कर्जा अन्तरगत ४ सय ७३ जनालाई १ अर्ब २० करोड, महिला उद्यमशिलता कर्जा अन्तरगत ३ सय ३८ जनालाई ३५ करोड २४ लाख, दलित समुदाय ब्यवसाय विकास कर्जा सहुलियत ब्याजदरमा अनुदान कर्जा ११ जनालाई ४२ लाख तथा अन्य २१ जनालाई ३ करोड ४६ लाख कर्जा उपलब्ध गराएको छ ।

बैकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले समाजमा आफ्नै बैकका रुपमा अनुभूती प्राप्त हुने गरि सेवा दिदा सफलता हासिल भएको बताए । पौडेलले देशभरमा रहका ९० बाट विकास बैकहरु मर्जर भएर १८ वटामा झरेको उल्लेख गर्दै मर्जरबाट अझै त्यो संख्या घट्न सक्ने बताए ।

बिस २०६५ सालमा ११ जनाबाट शुरु भएको बैक अहिले करिब ८ सय कर्मचारीलाई रोजगार दिन सफल भएको कार्यकारी अधिकृत पौडेलले बताए। बैकको लुम्बिनी प्रदेशका १० जिल्लामा ६८ वटा शाखा, १ वटा एक्सटेन्सन कार्यालय, बागमती प्रदेशको चितवनमा १, काठमाडौमा ३, गण्डकी प्रदेशको बागलुङमा १ गरि ७३ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन कार्यालय रहेको छ । यसैगरि काठमाण्डौमा २, पोखरा १, सुदुरपश्चिम प्रदेशको धनगढीमा १ र महेन्द्रनगरमा १ शाखा कार्यालयको भौतिक पुर्वाधारको संरचना बन्दै छ।

पत्रकार सम्मेलनमा बैकका बोर्ड संचालक ताराप्रसाद उपाध्याय, मोहन चापागाईं, नेपाल पत्रकार महासंघका अध्यक्ष यानेन्द्र जिसि लगायतले लुम्बिनी प्रदेशकै एउटा महत्वपुर्ण बैक बनाउन सबैको साथ सहयोग हुने बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ५ : ४० बजे

स्थापना दिवसमा आश्रय बिहिनहरुसँग पौवाको एक छाक खाना

नेपालगन्ज । होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रयबिहिनहरुलाई खाना

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान