१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

पाँच बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सहकारी महासंघको गोष्ठी सम्पन्न, अनुदान लिएर गोष्ठीमा खर्च नगर्न सहकारी मन्त्री तुम्बाहाम्फेको सुझाव



बुटवल । आईतबार देखि बुटवलमा सुरु भएको सहकारी मार्फत आर्थिक समृद्धिका लागि प्रदेश तथा स्थानीय पालिकाको भूमिका बिषयक दुईदिने प्रादेशिक गोष्ठी आज सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा बुटवलमा सुरु भएको गोष्ठी पाँच बुंदे लुम्बिनी घोषणा-पत्र जारी गर्दै सम्पन्न भएको हो ।

गोष्ठी समापन कार्यक्रमलाई सम्बोधन गर्दै संघिय सरकारका भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले ब्यक्ति ब्यक्ति मिलेरमात्र देशको विकास गर्न नसकिने भएकाले संस्था संस्था पनि मिल्न जरूरी भएको बताईन् ।

मन्त्री तुम्बाहाम्फेले सहकारीले काम गर्दा प्रत्यक नेपालीको आर्थिक समृद्धिसँग जोडेर काम गर्न योजना बनाउन सहकारीका अभियन्ताहरुलाई आग्रह गरिन् । उनले आर्थिक समृद्धिमा महिलालाई पछाडि पारिएका बेला सहकारीले महिला सशक्तीकरणमा उल्लेख्य काम गरेको भन्दै सहकारीको प्रशंसा गरिन् ।

सहकारी अभियानलाई तिब्रता दिन स्थानीय तहको महत्वपूर्ण भुमिका हुने भन्दै मन्त्री तुम्बाहाम्फेले केही सहकारीहरू नम्स अनुसार नचलेको कारण समस्याहरू देखिएको उल्लेख गरिन् । उनले समस्याग्रस्त सहकारी बचाउन महासंघले विशेष भुमिका खेल्न जरूरी भएको उल्लेख गर्दै नम्स अनुसार नचल्ने सहकारीमाथि महासंघले निगरानी राख्न सुझाव दिईन् ।

सहकारी ऐन परिवर्तन गर्न सबै प्रदेशबाट माग जनाउंदै उनले सहकारी प्रवर्धन गर्न समयानुकुल बनाउन सरकार तयार रहेको बताईन् । ‘सरकार ऐन कानुन आवश्यकता अनुसार परिवर्तन गर्न पनि तयार छ । सरकार सहकारी अभियन्ताहरूसंग संगसंगै छ ।’ उनले भनिन् ।
सरकारको दृष्टिमा सबै सहकारीलाई हेर्ने दृष्टिकोण समानरहेको बताउँदै अनुदान पाएको रकमबाट सेमिनार गोष्ठीमा सकेरमात्र परिणाम नआउने मन्त्री तुम्बाहाम्फेले स्पष्ट पारिन् ।

दुईदिन सम्म चल्ने गोष्ठीमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका उपसचिव अनन्त कुमार बस्नेतले ‘सहकारी मार्फत उद्देमशिलता प्रवद्र्धनमा नीतिगत व्यवस्था, स्थानीय तथा प्रदेश सरकारको भूमिका’ बिषयक कार्यपत्र प्रस्तुत गरेका छन् भने राष्ट्रिय सहकारी महासंघ लिमिटेडकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङले ‘दिगो स्थानीय आर्थिक विकासमा प्रदेश तथा स्थानीय तह र सहकारीबीचको समन्वय र सहकार्य’ बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

गोष्ठीमा पूर्वमन्त्री तथा महासंघका निवर्तमान अध्यक्ष केशव बडालले ‘दिगो विकास लक्ष्यको स्थानीयकरणमा स्थानीय तह र सहकारी’ बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

सहकारी विज्ञ खगराज शर्माले ‘लुम्बिनी प्रदेशको समृद्धि र सहकारी अभियान’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

गोष्ठीले जारी गरेको लुम्बिनी घोषणापत्रमा सहकारी उद्येमशिलता प्रवद्र्धन गर्न आवश्यक नीति तथा कानुनलाई समयानुकुल बनाउदै लैजाने, स्थानीय श्रोत र साधनलाई अधिकतम प्रयोग गर्दै दिगो आर्थिक समृद्धिकालागि स्थानीय तह तथा सहकारी अभियानसँग समन्वय गर्ने, सार्वजानिक, निजि र सहकारी बीच समन्वय र सहकार्य मार्फत सम्बाद मञ्च गठन गर्ने, दिगो विकार लक्ष्यलाई स्थानीयकरण गरि लक्षित जनसमुदायको जिवनस्तर माथि उठाउन सहकार्य गर्ने तथा लुम्बिनी प्रदेशको समृद्धिका लागि सहकारी अभियानलाई सवल र सक्षम बनाउन आपसी सहकार्य गर्ने उल्लेख गरिएको छ ।

लुम्बिनी प्रदेशका १०९ पालिकाबाट जनप्रतिनिधि तथा प्रमुख प्रशासकिय प्रमुखहरुको प्रतिनिधित्व रहेको सभाले सहकारी ऐन र नियमावलीमा समय सान्दर्भीक सुधारका आवश्यकताका विषयमा पनि छलफल हुने राष्ट्रिय सहकारी महासंघ लि।का सञ्चालक एवं जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले जानकारी दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ६ : ५४ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।