३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

बुटवलमा आयो निशान म्यागनाईट कार



बुटवल । चारपाग्रे सवारीमा विश्वमा नै नाम कमाएको निशानको नया कार म्यागनाईट रुपन्देहीमा लन्च गरिएको छ । निशानको आधिकारिक विक्रेता हाईवे अटो भिल्ला कालिकानगरमा मंगलबार म्यागनाईट बिग बोल्ड बिउटिफुल कार लन्च गरिएको हो । अटोभिल्लाका संचालकद्घय दिपक श्रेष्ठ र दिनेश श्रेष्ठका ममतामयी माता श्रीमती शान्तिदेवि श्रेष्ठले दियो बालेर उद्घाटन र कारको लन्च गरेकी छिन् ।

विश्वमा नै चारपाग्रे सवारीमा निशान उपभोक्तामाझ एक नम्बरमा रुचाईएको सवारीमा पर्ने कम्पनीले दाबी गर्दै आएको छ । जापानिज डिजाईनमा भारतमा निर्माण भएको कार आकर्षण डिजाईन, सुरक्षा प्रणाली अप्नाईएको र आरामदायीको श्रेणीको भएको कम्पनीले जनाएको छ ।

संचालक दिनेश श्रेष्ठले लन्चिङकै दिन (मंगलबार)देखि अनौपचारिक बुकिङ शुरु भएको बताए । पहिलो दिन ८ वटा सवारी बुक भएको उनले बताए । अहिले दुई भेरिएन्टमा कार उपलब्ध रहेको उनले बताए ।

एचआरएओ इन्जिन टर्बो पेट्रोल इन्जिन र १।० बिफोरडी पेट्रोल इन्जिन रहेको उनले बताए। २९ लाख ४९ हजार देखि ४२ लाख ७९ लाखसम्मका सवारी रहेको उनले बताए । बेष्ट ईन क्लास फ्युल ईकोनोमी टर्बोमा २० र नर्मल १८ किलोमिटर पर लिटर दिन्छ। समयसापेक्ष सुविधासम्पन्न र नेपालको बाटो उपयोगी कार भएको उनले दाबी गरे । कारमा भिडिसि, एससिएल, एयर ब्याग, एबिएससंगै नर्मल अडियो र एप्पल कार प्लेयरका साथै एन्टी लक सिस्टमको सुविधा रहेको छ ।

लञ्चकै दिनमा मंगलबार कार बुक गरेका बुटवलका आशिष भुषाल, प्रवेश मानन्धरलाई साँचो हस्तान्तरण गरिएको छ ।

यसअघि निशानले स्पोर्ट्स, कम्प्याक्ट कार, क्रसओभर, सेडन क्याटगोरीमा आरिया, माईक्रा, सन्नी, सेन्ट्रा, रफ, अल्टिमा, जुक, सुभस, लगायत कार बजारमा ल्याईसकेको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १ : ५६ बजे

उर्लाबारीमा ३७० जना विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

मोरङ। मोरङमा विभिन्न राजनीतिक दलहरू परित्याग गरी सन्देश घिमिरे, सुवास

भोलि लुम्बिनी प्रदेशको बजेट प्रदेशसभामा प्रस्तुत हुँदै

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरण संरक्षण तथा

इञ्जिनियर दाङ आउन नमान्दा बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलासिस मेसिन

किसानद्वारा एक लाख २८ हजार केजी रैथाने बीउ उत्पादन

नेपालगन्ज । बाँकेका किसानले एक लाख २८ हजार बढी स्थानीय