५ श्रावण २०८३, मंगलबार | July 22, 2026

बुटवलमा आयो निशान म्यागनाईट कार



बुटवल । चारपाग्रे सवारीमा विश्वमा नै नाम कमाएको निशानको नया कार म्यागनाईट रुपन्देहीमा लन्च गरिएको छ । निशानको आधिकारिक विक्रेता हाईवे अटो भिल्ला कालिकानगरमा मंगलबार म्यागनाईट बिग बोल्ड बिउटिफुल कार लन्च गरिएको हो । अटोभिल्लाका संचालकद्घय दिपक श्रेष्ठ र दिनेश श्रेष्ठका ममतामयी माता श्रीमती शान्तिदेवि श्रेष्ठले दियो बालेर उद्घाटन र कारको लन्च गरेकी छिन् ।

विश्वमा नै चारपाग्रे सवारीमा निशान उपभोक्तामाझ एक नम्बरमा रुचाईएको सवारीमा पर्ने कम्पनीले दाबी गर्दै आएको छ । जापानिज डिजाईनमा भारतमा निर्माण भएको कार आकर्षण डिजाईन, सुरक्षा प्रणाली अप्नाईएको र आरामदायीको श्रेणीको भएको कम्पनीले जनाएको छ ।

संचालक दिनेश श्रेष्ठले लन्चिङकै दिन (मंगलबार)देखि अनौपचारिक बुकिङ शुरु भएको बताए । पहिलो दिन ८ वटा सवारी बुक भएको उनले बताए । अहिले दुई भेरिएन्टमा कार उपलब्ध रहेको उनले बताए ।

एचआरएओ इन्जिन टर्बो पेट्रोल इन्जिन र १।० बिफोरडी पेट्रोल इन्जिन रहेको उनले बताए। २९ लाख ४९ हजार देखि ४२ लाख ७९ लाखसम्मका सवारी रहेको उनले बताए । बेष्ट ईन क्लास फ्युल ईकोनोमी टर्बोमा २० र नर्मल १८ किलोमिटर पर लिटर दिन्छ। समयसापेक्ष सुविधासम्पन्न र नेपालको बाटो उपयोगी कार भएको उनले दाबी गरे । कारमा भिडिसि, एससिएल, एयर ब्याग, एबिएससंगै नर्मल अडियो र एप्पल कार प्लेयरका साथै एन्टी लक सिस्टमको सुविधा रहेको छ ।

लञ्चकै दिनमा मंगलबार कार बुक गरेका बुटवलका आशिष भुषाल, प्रवेश मानन्धरलाई साँचो हस्तान्तरण गरिएको छ ।

यसअघि निशानले स्पोर्ट्स, कम्प्याक्ट कार, क्रसओभर, सेडन क्याटगोरीमा आरिया, माईक्रा, सन्नी, सेन्ट्रा, रफ, अल्टिमा, जुक, सुभस, लगायत कार बजारमा ल्याईसकेको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १ : ५६ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं