७ आश्विन २०८३, बुधबार | September 23, 2026

सर्वोच्चद्वारा ऐतिहासिक फैसला, प्रतिनिसभा विघटन गर्ने सरकारको निर्णय बदर



काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई बदर घोषित गरेको छ ।

सरकारको सिफारिसमा गत पुष ५ गते राष्ट्रपतिद्वारा भएको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतको ५ सदस्यीय संवैधानिक इजलासले बदर गरेको हो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन आदेशलाई खारेज गर्दै १३ दिनभित्र प्रतिनिधिसभाको बैठक डाक्न आदेश दिएको छ ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले निर्णयको ब्यहोरा पढ्दै बहुमत प्राप्त प्रधानमन्त्रीलाई संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताए ।

प्रधानन्यायाधीसको नेतृत्वमा रहेको संवैधानिक इजलासमा चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी २०७८ साल बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरेकी थिइन् । सो निर्णविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दर्ता भएका थिए ।

संविधानलाई सुरक्षित र क्रियाशील बनाउन सर्वोच्च अदालतद्वारा गरिएको यो फैसला नेपालको राजनीतिक इतिहासमा सधैं स्मरणीय र नजिर बन्ने भएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ६ : १५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११