७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

सर्वोच्चद्वारा ऐतिहासिक फैसला, प्रतिनिसभा विघटन गर्ने सरकारको निर्णय बदर



काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई बदर घोषित गरेको छ ।

सरकारको सिफारिसमा गत पुष ५ गते राष्ट्रपतिद्वारा भएको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतको ५ सदस्यीय संवैधानिक इजलासले बदर गरेको हो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन आदेशलाई खारेज गर्दै १३ दिनभित्र प्रतिनिधिसभाको बैठक डाक्न आदेश दिएको छ ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले निर्णयको ब्यहोरा पढ्दै बहुमत प्राप्त प्रधानमन्त्रीलाई संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताए ।

प्रधानन्यायाधीसको नेतृत्वमा रहेको संवैधानिक इजलासमा चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी २०७८ साल बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरेकी थिइन् । सो निर्णविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दर्ता भएका थिए ।

संविधानलाई सुरक्षित र क्रियाशील बनाउन सर्वोच्च अदालतद्वारा गरिएको यो फैसला नेपालको राजनीतिक इतिहासमा सधैं स्मरणीय र नजिर बन्ने भएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ६ : १५ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा