५ चैत्र २०८२, बिहिबार | March 19, 2026

विषादी व्यवस्थापन तथा न्युनीकणर सम्बन्धी अन्तरक्रिया



बुटवल । कृषि विकास निर्देशनालय लुम्बिनी प्रदेशको आयोजनामा विषादी व्यवस्थापन तथा न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।

प्रदेशका विभिन्न जिल्लाहरुबाट किसान, सरोकारवाला निकायहरुको सहभागितामा बुटवलमा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा कृषि विकास निर्देशनालय बुटवलका प्रमुख याम नारायण देवकोटा, निर्देशनालयका बरिष्ठ बालि संरक्षण अधिकृत कामना अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र प्रस्तुत गर्दै निर्देशक याम नारायण देवकोटाले विषादीको बर्गिकरण, यसको प्रयोग, असर र चुनौतिको विषयमा प्रकाश पारेका थिए ।
यस्तै बरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले विषादी को समुचित प्रयोगका फाईदाको विषयमा जानकारी दिदै विषादी प्रयोगमा अपनाउनुपर्ने सचेतनाको विषयमा प्रकाश पारेका थिईन ।

कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवालीले मन्तव्य राख्दै व्यवसायिक नाफा भन्दा पनि मानिसको हितमा राखेर विषादीको समुचित प्रयोग गर्नुपर्नेकुरामा जोड दिएका थिए ।

मन्त्रालयका कृषि प्रसार अधिकृत आशा भण्डारी, निर्देशनालयका बाली संरक्षण अधिकृत राम बहादुर खत्री, कृषि विकास अधिकृत दयाराम बस्याल लगायतको सहभागीता रहेको थियो ।

कार्यालयमा जिल्लास्थति मतहतका कार्यालयका मातहतका कार्यालय, किसान तथा सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ७ : २५ बजे

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका-१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव

रविको मुद्दामा अभियोगपत्र संशोधनसम्बन्धी निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

तीन दिन भारी वर्षा र हुरीको चेतावनी, सतर्क रहन आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी

भारतमा बन्धक बनाइएकी रुकुमकी युवतीको उद्धार

हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा बन्धक बनाइएकी एक नेपाली युवतीको

आयोगले राष्ट्रपतिलाई बुझायो प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपति