२३ बैशाख २०८१, आइतबार | May 6, 2024

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै बुटवलमा पनि दीप प्रज्ज्वलन



बुटवल । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै बुटवलमा दीप प्रज्ज्वलन गरिएको छ ।

प्रचण्ड-नेपाल पक्षले पुनर्स्थापनाको स्वागत गर्दै बुटवलको पुष्पलालपार्कमा दीप प्रज्वलन गरेको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ ।

सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेर जनताको पक्षमा फैसला गरेको नेकपा प्रचण्ड-नेपाल पक्षका केन्द्रीय सदस्य बामदेव क्षेत्रीले बताए । जनताले आफ्नो निर्णय आफै गर्न सक्षम रहेको उनले बताउँदै केपि शर्मा ओलीको प्रतिगमन समाप्त भएको दाबी गरे ।

उनले अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसंगै ओली संकटकाल घोषणा गर्ने सक्ने भन्दै त्यस्तो निर्णय भएमा अझ यो भन्दा पनि ससक्त आन्दोलन चेतावनी दिए ।

नेकपा प्रचण्ड-नेपाल पक्ष रुपन्देहीका अध्यक्ष राजु गुरुङ्गले संसद पुर्नस्थापनाको खुशीयालीमा बुधबार बिहान ११ बजे बुटवलमा बिजय उत्सवको आयोजना गरिने जानकारी दिए । ओलीको तानाशाही परास्त भएको उनले बताए । गुरुङ्गले ओली पक्षमा लागेकाहरु सच्चिएर आए पार्टीमा स्थान दिन सकिने बताए ।

तानाशाही ओली परास्त भएको र जनताको जित भएकाले बिजय उत्सवमा सहभागिता जनाउनको लागि गुरुङले आग्रह समेत गरे । कार्यक्रम जिल्ला सचिव निर्मल जिसीको संचालनमा भएको थियो ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ८ : २४ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa