७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

प्रचण्ड-नेपाल नेकपाले बोलायो संसदीय दलको बैठक



काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले आज संसदीय दलको बैठक डाकेको छ ।

प्रतिनिधिसभा विघटन पछिको अवस्थालाई रणनीति बनाउन बैठक डाकिएको सो पार्टीले जनाएको छ । आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक डाकिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टीले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरि निश्कासन गरिसकेको अवस्थामा संसदीय दलको भूमिका खोज्न बैठक बोलाईएको हो ।

प्रचण्ड-नेपाल पक्षले ओलीलाई पार्टी सदस्य सहित संसदीय नेताबाट हटाएर अर्का अध्यक्षमा माधव नेपाललाई तथा प्रचण्डलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।

प्रतिनिधिसभा विघटन भएको अवस्थामा ओली समूहमा खुलेका केहि सांसदहरु पनि संसदीय दलको बैठकमा सहभागी हुने प्रचण्ड-नेपाल पक्षले अपेक्षा गरेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ९ : २४ बजे

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान

नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा

इन्डोनेसियामा भयानक ज्वालामुखी विष्फोट, ११ हजार बढीलाइ अन्यत्र सारियो

जाकार्ता । इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११

एसीसी प्रिमियर कपको सेमिफाइनल आज, नेपालको सामना युएईसँग

काठमाडौं । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै