२७ बैशाख २०८३, आइतबार | May 11, 2026

प्रचण्ड-नेपाल नेकपाले बोलायो संसदीय दलको बैठक



काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले आज संसदीय दलको बैठक डाकेको छ ।

प्रतिनिधिसभा विघटन पछिको अवस्थालाई रणनीति बनाउन बैठक डाकिएको सो पार्टीले जनाएको छ । आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक डाकिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टीले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरि निश्कासन गरिसकेको अवस्थामा संसदीय दलको भूमिका खोज्न बैठक बोलाईएको हो ।

प्रचण्ड-नेपाल पक्षले ओलीलाई पार्टी सदस्य सहित संसदीय नेताबाट हटाएर अर्का अध्यक्षमा माधव नेपाललाई तथा प्रचण्डलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।

प्रतिनिधिसभा विघटन भएको अवस्थामा ओली समूहमा खुलेका केहि सांसदहरु पनि संसदीय दलको बैठकमा सहभागी हुने प्रचण्ड-नेपाल पक्षले अपेक्षा गरेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ९ : २४ बजे

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा

बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको