१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

अन्जली अधिकारीलाई लिएर लोक गायक बमबहादुर कार्की रारा ताल पुगेपछि…..!(भिडियो सहित)



बुटवल । मौलीकता र झोर्रा शब्द संकलनमा अव्वल दर्जा पाएका लोक गायक बमबहादुर कार्कीले लोकगीतको बजारमा थप एउटा कोशेली ल्याएका छन् ।

उकाली ओरालीका, गाँउ बेशीका भाकालाई जस्ताको तस्तै उतार्न सफल कार्कीले पुरानै भाकामा आधुनिक लय र भावको समेत संयोजन गरि ‘रारा तालैमा’ म्युजिक भिडियो बजारमा ल्याएका छन् । लय, शव्द र स्वर कार्की आफैले दिएका रारा तालैमामा अन्जली अधिकारी र महेन्द्र गौतमको अभिनयले अझै मौलिकता थपेको छ ।

नेपालमा कालजयी बनेको पानको पात लोक दाहोरीका सर्जक बमबहादुरका सयौं लोक भाकाहरु नेपाली जनजिब्रोमा झुण्डी नै रहेका छन् ।

‘रारा तालैमा’ म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् भने गीतको छायाङकन सुरेश श्रष्ठले गरेका छन् । म्युजिक भिडीयोको सम्पादन विष्णु शर्माले गरेका छन् ।

कार्की पत्नी शिवा आले कार्की निर्माता रहेकी ‘रारा तालैमा’ म्युजिक भिडीयोको दृष्य निमार्ण साई भिजन प्रा.लिले गरेको छ । गीतमा अभिनय महेन्द्र गौतम, अञ्जली अधिकारी, सिताराम पौडेल र खेम बाले गरेका छन् ।

यस अघि कार्कीले ‘पिपलु पातै फरर’ म्युजिक भिडीया बजारमा ल्याएका थिए । खबरकुरासँग कुरा गर्दै लोक गायक कार्कीले गाँउबेशीमा गाँउदै हिंडेका भाकाहरुलाई टिपेर कला भरेर पस्कँदै मौलिकता बचाउने अभियान थालेको जानकारी दिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १० : ११ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम