१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

अन्जली अधिकारीलाई लिएर लोक गायक बमबहादुर कार्की रारा ताल पुगेपछि…..!(भिडियो सहित)



बुटवल । मौलीकता र झोर्रा शब्द संकलनमा अव्वल दर्जा पाएका लोक गायक बमबहादुर कार्कीले लोकगीतको बजारमा थप एउटा कोशेली ल्याएका छन् ।

उकाली ओरालीका, गाँउ बेशीका भाकालाई जस्ताको तस्तै उतार्न सफल कार्कीले पुरानै भाकामा आधुनिक लय र भावको समेत संयोजन गरि ‘रारा तालैमा’ म्युजिक भिडियो बजारमा ल्याएका छन् । लय, शव्द र स्वर कार्की आफैले दिएका रारा तालैमामा अन्जली अधिकारी र महेन्द्र गौतमको अभिनयले अझै मौलिकता थपेको छ ।

नेपालमा कालजयी बनेको पानको पात लोक दाहोरीका सर्जक बमबहादुरका सयौं लोक भाकाहरु नेपाली जनजिब्रोमा झुण्डी नै रहेका छन् ।

‘रारा तालैमा’ म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् भने गीतको छायाङकन सुरेश श्रष्ठले गरेका छन् । म्युजिक भिडीयोको सम्पादन विष्णु शर्माले गरेका छन् ।

कार्की पत्नी शिवा आले कार्की निर्माता रहेकी ‘रारा तालैमा’ म्युजिक भिडीयोको दृष्य निमार्ण साई भिजन प्रा.लिले गरेको छ । गीतमा अभिनय महेन्द्र गौतम, अञ्जली अधिकारी, सिताराम पौडेल र खेम बाले गरेका छन् ।

यस अघि कार्कीले ‘पिपलु पातै फरर’ म्युजिक भिडीया बजारमा ल्याएका थिए । खबरकुरासँग कुरा गर्दै लोक गायक कार्कीले गाँउबेशीमा गाँउदै हिंडेका भाकाहरुलाई टिपेर कला भरेर पस्कँदै मौलिकता बचाउने अभियान थालेको जानकारी दिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १० : ११ बजे

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय

गत आर्थिक वर्षमा बजेट खर्च ८० प्रतिशत मात्र, राजस्व असुली ८३ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र