७ चैत्र २०८२, शनिबार | March 21, 2026

बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी, आज मतदान हुँदै



बुटवल । नेपालकै जेठो उद्योग वाणिज्य संघ मध्यको एउटा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको नया नेतृत्वको लागि आज मतदान हुँदै छ । संघको २४ औं अधिवेशन अन्तरगत फागुनको ७ गतेदेखि सुरु भएको निर्वाचन कार्यतालिका अनुसार मंगलबार उम्मेदवारी मनोनयन भएको थियो । २५ सदस्सीय कार्यसमितिका लागि निविरोध भएकाहरु बाहेकका पदाधिकारी तथा सदस्यहरुका लागि आज निर्वाचन हुंदैछ ।

प्रमुख निर्वाचन आयुक्त अधिवक्ता बाबुराम पाण्डेका अनुसार अध्यक्ष सहित सचिव, कोषाध्यक्ष, महिला सदस्य तथा सदस्य पदको लागि निर्वाचन हुने छ । निर्वाचनको लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै अधिवक्ता पाण्डेले बिहान ९ बजेदेखी साँझ ५ बजेसम्म मतदान हुने बताए । अध्यक्षमा बर्तमान वरिष्ठ उपाध्यक्ष उज्वलप्रसाद कसजु र बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्यालका बीच प्रतिस्पर्धा हुने छ ।

निर्वाचन प्रकृयामा एकल मनोनयन भएपछि संघको वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, बाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल र महासचिवमा बिमलराज भट्टराई बिजयी भैसकेका छन् ।

एशोसियट सदस्यमा आनन्दप्रसाद ओझा , ४ जना बाणिज्य सदस्यमा काशीराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेल निर्विरोध निर्वाचित भएका छन् भने ४ जना उद्योग तर्फका सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु र संजय कलवार जयसवाल निर्विरोध बिजयी भएका छन् ।

संघको कोषाध्यक्षमा नविन श्रेष्ठ र भेषराज गैरे मैदानमा छन् भने सचिव पदमा बाबुराम विक, मुक्तिप्रसाद अधिकारी र सुर्यप्रसाद पराजुलीका बीच निर्वाचन हुँदैछ ।

खुल्लातर्फको ७ जना सदस्यमा १४ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्यमा दिनेश श्रेष्ठ, दिपकप्रसाद चापागाई, गणेशचन्द्र पोखरेल, इर्साद आलम मिया, जाकिर हुसेन, जानकी नेपाल, कृष्ण श्रेष्ठ कुलप्रसाद, माधवप्रसाद भुसाल, मोह्मद जमिल खान, सवर मिया, सुमोदमान सैंजु, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ र तुलसीराम खनालको उम्मेदवारी परेको छ ।

त्यस्तै महिला तर्फको २ सदस्य पदमा ४ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा जमुना पौडेल, मीना प्रधान, नमकला वेलवासे र सुनिता शर्मा बञ्जाडेको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

संघमा १ हजार ६ सय १३ मतदाता रहेका छन् । ७० प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहिबार  ८ : ५३ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका