८ माघ २०८२, बिहिबार | January 22, 2026

बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी, आज मतदान हुँदै



बुटवल । नेपालकै जेठो उद्योग वाणिज्य संघ मध्यको एउटा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको नया नेतृत्वको लागि आज मतदान हुँदै छ । संघको २४ औं अधिवेशन अन्तरगत फागुनको ७ गतेदेखि सुरु भएको निर्वाचन कार्यतालिका अनुसार मंगलबार उम्मेदवारी मनोनयन भएको थियो । २५ सदस्सीय कार्यसमितिका लागि निविरोध भएकाहरु बाहेकका पदाधिकारी तथा सदस्यहरुका लागि आज निर्वाचन हुंदैछ ।

प्रमुख निर्वाचन आयुक्त अधिवक्ता बाबुराम पाण्डेका अनुसार अध्यक्ष सहित सचिव, कोषाध्यक्ष, महिला सदस्य तथा सदस्य पदको लागि निर्वाचन हुने छ । निर्वाचनको लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै अधिवक्ता पाण्डेले बिहान ९ बजेदेखी साँझ ५ बजेसम्म मतदान हुने बताए । अध्यक्षमा बर्तमान वरिष्ठ उपाध्यक्ष उज्वलप्रसाद कसजु र बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्यालका बीच प्रतिस्पर्धा हुने छ ।

निर्वाचन प्रकृयामा एकल मनोनयन भएपछि संघको वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, बाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल र महासचिवमा बिमलराज भट्टराई बिजयी भैसकेका छन् ।

एशोसियट सदस्यमा आनन्दप्रसाद ओझा , ४ जना बाणिज्य सदस्यमा काशीराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेल निर्विरोध निर्वाचित भएका छन् भने ४ जना उद्योग तर्फका सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु र संजय कलवार जयसवाल निर्विरोध बिजयी भएका छन् ।

संघको कोषाध्यक्षमा नविन श्रेष्ठ र भेषराज गैरे मैदानमा छन् भने सचिव पदमा बाबुराम विक, मुक्तिप्रसाद अधिकारी र सुर्यप्रसाद पराजुलीका बीच निर्वाचन हुँदैछ ।

खुल्लातर्फको ७ जना सदस्यमा १४ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्यमा दिनेश श्रेष्ठ, दिपकप्रसाद चापागाई, गणेशचन्द्र पोखरेल, इर्साद आलम मिया, जाकिर हुसेन, जानकी नेपाल, कृष्ण श्रेष्ठ कुलप्रसाद, माधवप्रसाद भुसाल, मोह्मद जमिल खान, सवर मिया, सुमोदमान सैंजु, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ र तुलसीराम खनालको उम्मेदवारी परेको छ ।

त्यस्तै महिला तर्फको २ सदस्य पदमा ४ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा जमुना पौडेल, मीना प्रधान, नमकला वेलवासे र सुनिता शर्मा बञ्जाडेको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

संघमा १ हजार ६ सय १३ मतदाता रहेका छन् । ७० प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहिबार  ८ : ५३ बजे

निर्वाचन आचारसंहिताका कारण बुटवलमा हुने कृषि मेला स्थगित

बुटवल । बुटवलमा सञ्चालन गर्न तयारी गरिएको कृषि मेला प्रतिनिधिसभा

नेपाल नेदरल्याड्ससँग २ रनले पराजित

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गतको दोस्रो

विशेष महाधिवेशनबाट निर्वाचित भएपछि शुक्रबार पहिलो पटक गगन थापा केन्द्रीय कार्यालय प्रवेश गर्दै

काठमाडौं । विशेष महाधिवेशनबाट नेपाली कामंग्रेसको सभापतिमा निर्वाचित भएपछि गगन

रवि लामिछाने विरुद्धका मुद्दा फिर्ता गर्ने निर्णय विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जारी मुद्दाबाट

वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू