८ बैशाख २०८१, शनिबार | April 20, 2024

कांग्रेस नेता जोशीको उपचारमा संलग्न डाक्टर भन्छन्, ‘यो एकदमै जटिल अवस्था हो तर आशावादी छौं’



काठमाडौं । पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार नदेखिएको अस्पतालले बताएको छ ।

शुक्रबार दिउसो पत्रकारहरुसँग कुरा गर्दै नर्भिक अन्तर्राष्ट्रिय हस्पिटलका चिकित्सक डा. राजीव झाले जोशीको स्वास्थ्य अवस्था स्थिर रहेकोले भेन्टिलेटरमा उपचार भइराखेको बताए । जोशीलाई मस्तिष्कघात भएपछि शुक्रबार बिहान थापाथली स्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि लगिएको थियो ।

स्वास्थ्य अवस्था स्थिर देखिएपनि सुधार हुने सम्भावना भने कायमै रहेको चिकित्सक झाले बताए । टाउकोको सिटिस्क्यान गर्दा दिमागमा रगत र पानी जमेको पाइएको पनि डा. झाले जानकारी दिए । उनले भने ‘आँखाको नानी फुलेको देखियो । दुवैतिर कसैको आँखाको नानी फुलेको छ भने त्यो अलमोस्ट डेथ मान्छेहरुमा त्यस्तो देखिन्छ । एकातिर त्यस्तो देखिनु भनेको आधार दिमागले राम्रोसित काम नगरेको जस्तो देखिसक्यो भनेपछि पक्कैपनि रगत बग्ने भइरहेको छ भनेर तुरुन्तै सिटिस्क्यान गर्यौं । सिटिस्क्यान गर्दा रगत जुन थियो त्यो दिमागको बीच भागमा एउटा सानो तलाउजस्तो हुन्छ त्यहाँ पानी बन्छ त्यो ठाउँमा गएर पानी निस्कने बाटो बन्द गरेर टाउकोमा पानी पनि जम्दै राखेको दखियो ।’

टाउकोमा जमेको पानी निकाल्न एक्स्टर्नल भेन्ट्रिकुलर ड्रेन (इभिडी) राखिएको र १ सय ३० एमएल जती पानी निकालिएको पनि डा. झाले जानकारी दिए । त्यपछि रक्तचाप कम भएकाले रक्तचाप बढाउने औषधि दिइएको पनि उनले बताए । यस्तो अवस्था जटिल हुने पनि डा. झाले बताए । उनले भने ‘यो अवस्था एकदमै जटिल अवस्था हो । विश्वमा हेर्ने हो भने यस्तो किसिमको मान्छेहरुमा १ सय प्रतिशतमा ६०/७० प्रतिशतको मृत्यु हुन्छ । अहिले कसरी हुन्छ बचाउनेतिर हामी लागिरहेका छौं । जो ३० प्रतिशत जति बाँचनुहुन्छ उहाँहरुमा ठूलो प्यारालाइसिस रहने सम्भावना लामो समयसम्म रहन्छ ।’

नर्भिक अस्पतालमा आइपुग्दा जोशी कोमाको अवस्थामा रहेका र वान्ता भई फोक्सोमा असर भएकाले शास फेर्न गाह्रो भइराखेको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ६ : ०६ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु