९ चैत्र २०८२, सोमबार | March 24, 2026

राजनीतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर गर्दैन : सभामुख सापकोटा



चितवन । सभामुख अग्निप्रसाद सापकोटाले आफ्नैे सहजिकरणमा दलहरुबीच समझदारी हुने दाबी गरेका छन् । शनिबार चितवनमा पत्रकारहरुसँग कुराकानीमा गर्दै सभामुख सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरे ।

संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उनले अब पहिले जसरी नै संसद् नियमित चल्ने बताए । उनले राष्ट्रपतिबाट संसद् आह्वान भएसँगै कार्यव्यवस्था समितिको बैठकको परामर्श अनुसार पुरानै तवरले संसद् पुनः सञ्चालन गर्ने जानकारी दिए ।

राजनीतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर नगर्ने बताउंदै उनले राजनैतिक दलको विवादले संसदीय प्रक्रिया नरोकीने दाबी गरे ।

पत्रकारहरुले सोधेको संवैधानिक नियुक्तिका विषयमा भने उनले अदालतमा बहस भइरहेको भन्दै विचारधिन बिषयमा टीकाटिप्पणी गर्नु उचित नहुने बताए ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ६ : ३१ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११