२ असार २०८२, सोमबार | June 16, 2025

टिकटकबाट सम्बन्ध बढाएर शारीरिक शोषण गर्ने पक्राउ



सुनसरी । कास्की जिल्ला कास्कीकोट गाउँपालिका-४ का ३९ वर्षीय राजीभ गुरुङले टिकटक मार्फत धनकुटाकी एक युवतीलाई साथी बनाए ।

टिकटक, म्यासेन्जरमा गत पुसदेखि उनीहरूबीच कुराकानी सुरू गरेका उनिहरुको कुराकानी बाक्लिँदै जाँदा राजीभले ती युवतीलाई प्रेम प्रस्ताव राखे। दुबै जनाबीच सम्बन्ध झ्यांगिँदै गयो ।

त्यसपछि राजीभ र युवतीबीच भेटघाटको मिति तय भएको भेटपछि बिहेको मिति पनि टुंगो लगाउने कुराकानी भएको थियो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक अर्जुन केसीले जानकारी दिए ।

सर्त बमोजिम राजीभ कास्कीबाट इटहरी आए अनि युवती धनकुटाबाट । उनीहरू गत माघ २५ गते इटहरी-९ को आरआर होटलमा दुई दिन बसेका थिए । जहाँ दोस्रो दिन उनीहरूबीच शारीरिक सम्बन्ध पनि रहेको थियो ।

सम्बन्धपछि राजीभले युवतीलाई चोखिनुपर्छ भन्दै नुहाउन बाथरुम पठाएर युवतीको चार आनाको सुनको सिक्री, चार आनाको झुम्का, ब्रास्लेट र नगद २७ हजार पाँच सय समेत लिएर फरार भएका छन् ।

‘नुहाएर निस्किँदा गुरुङलाई नदेखेपछि युवतीले सिधै आएर हामीकहाँ जाहेरी दिइन्,’ डिएसपी केसीले भने, ‘त्यसपछि हामी गुरुङको खोजीमा थियौं ।’

बिहीबार तिनै गुरुङको मोबाइल लोकेसन खनारमा देखियो। उनी झापाकी अर्की युवतीलाई त्यसैगरी टिकटकमा साथी बनाएर भेट्न जाने क्रममा थिए। त्यस्तो अवस्थामा हामीले पक्राउ गरी उनीमाथि अनुसन्धान थालेका छौं ।

गुरुङलाई शुक्रबार जरबजस्ती करणी मुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिइएको छ । गुरुङको साथबाट युवतीको एटिएम कार्ड बरामद भएको जानकारी पनि केसीले दिए ।

‘गुरुङले होटलमा बस्दा देखाएको लाइसेन्स पनि नक्कली रहेको खुलेको छ,’ केसीले भने, ‘टिकटिकको माध्यमबाट सम्बन्ध बढाएर शारीरिक शोषणसँगै ठगी गर्ने नियत देखिन्छ ।’

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ६ : २९ बजे

मोहन वैद्य ‘किरण’ स्वास्थ्यलाभ गरेर घर फर्के

काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित

पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने

काठमाडौँ । चलचित्र विकास बोर्डले पछिल्लो २५ वर्षमा धेरै कमाइ

नेपालले नेदरल्यान्ड्सबाट पायो १५३ रनको लक्ष्य

काठमाडौं । स्कटल्यान्डमा हिजोदेखी सुरु भएको त्रिदेशीय टी-२० आई सिरिजको

विधि विधान र प्रक्रियाभन्दा बाहिर गएर महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैन : किशोरसिंह राठौर

बाँके । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीभित्र अनुशासनको अनुभूति

अण्डा बोकेको बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, १ जना घाइते

बुटवल । पाल्पाको पूर्वखोलाको बीरकोटमा सवारी दुर्घटना हुँदा २ जनाको