२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

टिकटकबाट सम्बन्ध बढाएर शारीरिक शोषण गर्ने पक्राउ



सुनसरी । कास्की जिल्ला कास्कीकोट गाउँपालिका-४ का ३९ वर्षीय राजीभ गुरुङले टिकटक मार्फत धनकुटाकी एक युवतीलाई साथी बनाए ।

टिकटक, म्यासेन्जरमा गत पुसदेखि उनीहरूबीच कुराकानी सुरू गरेका उनिहरुको कुराकानी बाक्लिँदै जाँदा राजीभले ती युवतीलाई प्रेम प्रस्ताव राखे। दुबै जनाबीच सम्बन्ध झ्यांगिँदै गयो ।

त्यसपछि राजीभ र युवतीबीच भेटघाटको मिति तय भएको भेटपछि बिहेको मिति पनि टुंगो लगाउने कुराकानी भएको थियो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक अर्जुन केसीले जानकारी दिए ।

सर्त बमोजिम राजीभ कास्कीबाट इटहरी आए अनि युवती धनकुटाबाट । उनीहरू गत माघ २५ गते इटहरी-९ को आरआर होटलमा दुई दिन बसेका थिए । जहाँ दोस्रो दिन उनीहरूबीच शारीरिक सम्बन्ध पनि रहेको थियो ।

सम्बन्धपछि राजीभले युवतीलाई चोखिनुपर्छ भन्दै नुहाउन बाथरुम पठाएर युवतीको चार आनाको सुनको सिक्री, चार आनाको झुम्का, ब्रास्लेट र नगद २७ हजार पाँच सय समेत लिएर फरार भएका छन् ।

‘नुहाएर निस्किँदा गुरुङलाई नदेखेपछि युवतीले सिधै आएर हामीकहाँ जाहेरी दिइन्,’ डिएसपी केसीले भने, ‘त्यसपछि हामी गुरुङको खोजीमा थियौं ।’

बिहीबार तिनै गुरुङको मोबाइल लोकेसन खनारमा देखियो। उनी झापाकी अर्की युवतीलाई त्यसैगरी टिकटकमा साथी बनाएर भेट्न जाने क्रममा थिए। त्यस्तो अवस्थामा हामीले पक्राउ गरी उनीमाथि अनुसन्धान थालेका छौं ।

गुरुङलाई शुक्रबार जरबजस्ती करणी मुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिइएको छ । गुरुङको साथबाट युवतीको एटिएम कार्ड बरामद भएको जानकारी पनि केसीले दिए ।

‘गुरुङले होटलमा बस्दा देखाएको लाइसेन्स पनि नक्कली रहेको खुलेको छ,’ केसीले भने, ‘टिकटिकको माध्यमबाट सम्बन्ध बढाएर शारीरिक शोषणसँगै ठगी गर्ने नियत देखिन्छ ।’

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ६ : २९ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री