१९ माघ २०८२, सोमबार | February 2, 2026

बैतडी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या



बैतडी । बैतडी जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ ।

२५ जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७३ कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षा चुनौती थपिएको जेलर अनिल तिवारीले जानकारी दिए ।

“कैदीबन्दी बढी हुँदा बसोबास र सुरक्षाका दृष्टिकोणले चुनौती छ”, उनले भने “बस्ने ठाउँ अभावमा त्रिपाल राखेर कैदीबन्दीलाई राख्नु परिरहेको छ ।” कारागारमा अहिले ३२ कैदी र ४१ थुनुवा छन् । भित्र बस्ने ठाउँ नभएपछि कारागारको आँगनमा टेन्ट राखेर कैदीबन्दीलाई बसोबासको व्यवस्था मिलाइएको छ ।

“दश जना टेन्टभित्र बसिरहेका छन् भने बाँकीलाई कोठाभित्र बसोबासको व्यवस्था मिलाइएको छ”, उनले भने, “कोठाको अभावमा दुईतले खाट बनाएर कैदीबन्दीलाई बसोबासको व्यवस्था मिलाइएको छ ।” जीर्ण भवन रहेको र कोठा पनि कम रहेकाले निकै समस्या झेल्नुपरेको छ ।

जिल्ला कारागारमा बसोबासको उचित व्यवस्था नहुँदा कैदीबन्दीले बेलाबेलामा गुनासोसमेत गर्ने गरेका छन् । विसं २०४० मा निर्माण गरिएको कारागार भवनलाई बेलाबेलामा मर्मत गरिएको भए पनि कोठा थपिएको छैन । एकातिर भवनमा कोठाको अभाव छ भने अर्कोतिर कैदीबन्दी बढ्दै जाँदा बसोबासको व्यवस्था मिलाउन गाह्रो भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ९ : ५६ बजे

काठमाडौं-१ : ‘हेभीवेट’ नेताको बिरासतमा नयाँ अनुहार

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनापछिका निर्वाचनमा मुलुककै सर्वाधिक चर्चामा रहँदै आएको

‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित

बुटवल । बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट दुई

बुटवल-गोरुसिङ्गे सडक बिस्तारमा ढिलासुस्ती नगर्न निर्माण कम्पनीलाई बिष्णु पौडेलको चेतावनी

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष बिष्णु

पाँच महिनापछि पूर्वगृहमन्त्री जलेको पुर्खौली घरमा

महेन्द्रनगर । पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको पाँच महिनापछि आज

निर्वाचनलाई उच्च प्राथमिकता दिन आयोग र सरकारी सञ्चारमाध्यमबीच छलफल

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी सत्य, तथ्य