११ बैशाख २०८१, मंगलबार | April 23, 2024

क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा कारागारमा कोरोना संक्रमणको जोखिम



बैतडी । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको दोस्रो लहर फैलिएका बेला जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी हुँदा समस्या भएको छ ।

जम्मा २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७१ कैदीबन्दी छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कोरोना संक्रमणको जोखिम बढेको कारागारका अनिल तिवारीले जानकारी दिए ।

कैदीबन्दी बढी हुँदा कोरोना संक्रमणका साथै बसोबास र सुरक्षाको दृष्टिकोणले पनि चुनौती छ । उनले भने, ‘बस्ने ठाउँको अभावमा त्रिपाल राखेर कैदीबन्दीलाई राखिएको छ ।’

कारागारमा अहिले ३८ कैदी र ३३ थुनुवा छन् । भित्र बस्ने ठाउँ नभएपछि कारागारको आँगनमा त्रिपाल राखेर कैदीबन्दीहरूको बसोबासको व्यवस्था मिलाइएको छ । उनले भने, ‘संक्रमणको जोखिम बढ्दै गएको छ तर हालसम्म १ जनामा पनि संक्रमण देखिएको छैन ।’

कैदी तथा थुनुवालाई भेटघाट गर्न दिँदा संक्रमणको जोखिम हुने भएकोले भेटघाट बन्द गरिएको छ । २०४० सालमा निर्माण गरिएको कारागार भवन पुनर्निर्माण नहुँदा जीर्ण बन्दै गएको छ । रासस

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १० : १२ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम