८ बैशाख २०८१, शनिबार | April 20, 2024

सरकार र उसका नातेदार अदालतलाई कमजोर ठान्दछन्, अदालतप्रति मेरो भरोसा छ : प्रचण्ड (लिखित जवाफसहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्वले प्रायोजित रुपमा तयार पारेको निवेदन बोकेर अदालतमा आफु विरुद्ध अवहेलनाको मुद्दा दायर गरिएको आरोप लगाएका छन् ।

अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आफै उपस्थित भएर लिखित जवाफ बुझाएका प्रचण्डले निवदेकले अरोटको काम मात्र गरेको जिकिर गरेका छन् । अरोटको काम गर्दा दलको नाम र ठेगानामा समेत अनभिज्ञ भएको प्रचण्डले जनाएका छन् ।

मनगढन्ते निवेदन दर्तासम्म हुन नहुने जिकिर गर्दै प्रचण्डले भनेका छन्, ‘यस्ता उडण्ते निदवेदन दर्तासम्म हुन नसक्ने हो ता पनि सम्मनि अदालतको मर्यादाका खातिर आफै उपस्थित भै जवाफ दिइरहेको छु । प्रधानमन्त्रीले तोकेको निर्वाचन संविधान विरुद्धमा जनतालाई हेप्ने गरी तोकेकोमा म पूर्ण विश्वस्त छु ।’

प्रचण्डले आफुले अदालतप्रति भरोसा राखेको बताएका छन् । लिखित जवाफमा उनले भनेका छन्, ‘सरकार र उसका नातेदार अदालतलाई कमजोर ठान्दछन् । त्यसैले यस्ता निवेदन हाल्न लगाउँदछन् । तसर्थ अदालत विचलित हुनै सक्दैन । हाम्रो र मेरा दल यसमा सचेत छ । अदालतप्रति बढी भरोसा छ ।’

प्रचण्डको लिखित जवाफ

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/02/prachanda-likhit-jawaf.pdf”]

 

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ११ : ५४ बजे

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या