१५ बैशाख २०८१, शनिबार | April 27, 2024

बुटवल खुल्ला लन टेनिस प्रतियोगिता : सोमबार फाईनल हुदै



बुटवल । चौथो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०७७ को तेस्रो दिनसम्मको खेलसम्म मेन्स डबल्सको छिनोफानो भएको छ । मेन्स डबल्सतर्फको उपाधि रितिक राना र नबिन मगरको जोडीले हात पारेका छन । मेन्स सिगलतर्फ सेमीफाईनलमा प्रनव खनाल, रितिक राना, निशान श्रेष्ठ र सन्तोष खत्री स्थान बनाएका छन ।

वुमन्स सिगलतर्फको सेमीफाईनलमा पे्ररणा कोइराला, सलोनी तामाङ, मायाङका राणा र अभिलाषा विष्ट पुगेका छन । बुमन्स डबल्स तर्फ पहिलो सेमीफाईनल खेलमा अभिलाषा विष्ट र इरा रावतको जोडीले नेपालको रेकिङका नम्बर वन खेलाडी प्रेरणा कोईराला र मायाङका राणाको जोडीलाई ६–३, ६–३ को सेट तथा श्रेष्ठा राई र प्रकृति श्रेष्ठको जोडीले सलोनी तामाङ र आजा रेग्मीको जोडीलाई ६–३, ७–६ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन । यसैगरि ३५ प्लस सिगलतर्फ सेमीफाईनलमा कमल भण्डारी, रामु बिक, राजन पौडेल र संजय प्रकाश श्रेष्ठ प्रवेश गरेका छन ।

यसैगरि ४५ प्लस सिगलतर्फ चन्द्र शाही, गोपी भट्टराई, धर्म लामिछाने र उत्तम बोगटी सेमीफाईनल प्रवेश गरेका छन । यसैगरि ३५ प्लस डबल्सतर्फ पहिलो सेमीफाईनल खेलमा कमल भण्डारी र राजिव श्रेष्ठको जोडीले हेमराज ढकाल र निमा लामाको जोडीलाई ६–३, ६–४ पराजित गर्दै फाईनल प्रवेश गरेका हुन भने अर्को सेमीफाईनलमा लोक गुरुङ र राजन पौडेलको जोडीले बुटवलका अनिल सेन्चुरी र सन्जय प्रकाश श्रेष्ठको जोडीलाई ६–३, ६–१ सेटमा पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका छन ।

यसैगरि ४५ प्लस डबल्समा गोपी भट्टराई र धर्म लामिछानेको जोडीले गोपाल ज्ञवाली र अर्जुन गुरुङको जोडीलाई ६–३, ६–० को सोझो सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन । तेस्रो दिनको २६ वटा खेल सकिएको प्रमुख प्रशिक्षक कृष्णराज घलेले बताए । चौथौ दिन विधागत खेलका फाईनल खेलहरु हुने उनले बताए ।

प्रतियोगिताको पुरुष/महिला सिगल तर्फ उपाधि विजेताले नगद ४५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद २० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि सिगलतर्फ नै पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेताले क्रमश नगद २० हजार र १० हजार, ४५ वर्षमाथिका विजेता र उपविजेताले क्रमश १५ हजार र १० हजार तथा ५५ वर्षमाथि उमेर समुहको विजेता, उपविजेताले क्रमश १० हजार र ५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

डबल्सतर्फको प्रतियोगिता अन्तरगत पुरुष डबल्स÷महिला डबल्सको उपाधि विजेताले नगद १५ हजार, उपविजेताले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि डबल्सतर्फ ३५÷४५÷५५ वर्ष उमेर माथिका विजेता, उपविजेतालाई क्रमश नगद १५ हजार र १० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगिताको १० विधामा पुरस्कारका लागिमात्र ३ लाख ५० हजार रुपैया खर्च हुने खेल संयोजक तथा संघका सचिव गोपाल ज्ञवालीले बताए । चार दिनसम्म संचालन हुने प्रतियोगितामा १६ लाख खर्च हुने अनुमान आयोजकको छ । गतवर्ष सम्पन्न तेस्रो खुल्ला लन टेनिस प्रतियोगिताको उपाधि बुटवलका युवा खेलाडी रितिक रानाले चुमेका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ६ : १२ बजे

बुटवलको गर्मी छल्न जाने होइन त पाल्पाको नुवाकोट ? यस्तो छ विशेषता र महत्व

बुटवल । नेपालको राष्ट्रियता जोगाउने सबै भन्दा ठुलो युद्धमा विजयको

राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा