१५ बैशाख २०८१, शनिबार | April 27, 2024

प्रधानमन्त्री ओली आज पोखरा जाँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पोखरा रङ्गशालाको निरीक्षण गर्ने भएका छन् । आज पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा जान लागेका ओलीलाई रङ्गशालामा स्वागत गर्न लागिएको हो ।

ओलीले पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय फूटबल रङ्गशालासहित भलिबल कोर्ट, क्रिकेट मैदान, ब्याडमिन्टन हल, बहुउद्देश्शीय कभर्ड हल, टेनिस कोर्ट लगायतका खेल पूर्वाधारको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको भ्रमणबाट रङ्गशालामा निर्माणाधीन खेल पूर्वाधार छिटो सम्पन्न गराउन मद्दत पुग्ने विश्वास गरिएको छ । यसअघि पोखरामा १३औँ सागका केही खेल भव्यताका साथ सम्पन्न भएकामा प्रधानमन्त्रीको निर्देशनपछि राष्ट्रिय खेलकूदको भव्य तयारीका लागि सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रधानमन्त्री ओली रङ्गशाला आउने कार्यक्रम तय भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राखेप सदस्य सचिव सिलवाल, राखेप सदस्य राजेश गुरुङ तथा जिल्लास्थित प्रशासनिक तथा सुरक्षा निकायका प्रमुखले हिजो नै अवलोकन गरेका थिए ।

प्रधानमन्त्रीको स्वागतका लागि पोखरा रङ्गशालाको विभिन्न स्थानमा स्वागतद्धारसहित राष्ट्रिय झन्डाले रङ्गशाला सिँगारिएको छ ।

प्रधानमन्त्री ओली आज पोखरा विमानस्थलमा अवतरणपछि नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ७ : ४४ बजे

बुटवलको गर्मी छल्न जाने होइन त पाल्पाको नुवाकोट ? यस्तो छ विशेषता र महत्व

बुटवल । नेपालको राष्ट्रियता जोगाउने सबै भन्दा ठुलो युद्धमा विजयको

राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा