५ श्रावण २०८३, मंगलबार | July 22, 2026

पन्तको ‘पिँडुला’ र ओली शिष्यका पाँडे गाली : यौटै सिक्काका दुई पाटा



हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीलाई तिमी र तँ जस्ता शब्द मन पर्दैन । सबैलाई आदरार्थी शब्द प्रयोग गर्न उनी सुझाउने गर्छन् । त्यसमा पनि सञ्चार सामाग्रीहरुमा ‘उनी’, ‘तिमी’, ‘उनले’ भनेको प्रधानमन्त्रीलाई पटक्कै मन पर्दैन । उनका अभिव्यक्तिले हाम्रा प्रधानमन्त्रीमा ‘हजुरु’, ‘तपाई’, ‘मौसुफु’, ‘सरकार’, ‘बा हजुर’, ‘आईबक्स्योस्’, ‘ज्युनार’ जस्ता शब्दमात्र मन पर्छ भन्ने पुष्टि गर्दछ । अझै छापाहरुमा जब राष्ट्रपतिलाई ‘उनी’, ‘उनले’ जस्ता शब्द राखेर समाचार आउँछ ओलीको पारो तात्छ। पत्रकारहरुले सम्मान गर्न जान्दैनन् भनेर ओलीले सार्वजानिकरुपमै अर्ति संस्कार सिकाउँछन् ।

ओलीकै अनुयायीहरु, ओलीलाई नै अन्तरयामी ठान्नेहरु, ओलीलाई असंवैधानिक कर्ममा उकास्नेहरु भने ओली पक्षका भाकामा नेपालकी राष्ट्रिय कलाकार, पूर्व सञ्चाकर्मी, डाईनामिक, क्षमतावान कोमल वलीलाई सहजै उनी भनेर हेप्न पछि पर्दैनन् ।

प्रधानमन्त्री ओलीका रक्षाकवच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले समाजिक सञ्जालमै गायिका वलीलाई उनी शब्द प्रयोग गरेका छन् । नामका अगाडि मा [माननीय] प्रयोग गर्दै पोखरेलले ‘उनलाई’ सम्बोधनसूचक शब्द प्रयोग गरेका छन् । वषौंदेखि उनी शब्द प्रयोग गर्दै समाचार बनाउने पत्रकारलाई पाँडेगाली गर्ने ओलीपथका मान्छेहरुलाई उनकै मान्छेले तपाईं, हजुर नलेख्दा पनि फरक त पर्दोरहेनछ ।

त्यसो त ओली पथधारीहरुले शान्ता मानवी, सावित्रा अर्याल, मधु गुरुङ, सिन्धु जलेसा, थममाया थापा, माया ज्ञवाली, देवी वाग्ले, रामकुमारी झाँक्री, राधा महत, भारती खनाल जस्ता देशका लागि, पार्टीका लागि र क्रान्तिका लागि मरिमेटेको महिला नेताहरुलाई कहिल्यै देख्दैनन् र देखेनन् । पार्टीको ईज्जत, सिद्धान्तको गरिमा र क्रान्ति प्रतिको निष्ठा प्रदर्शन गर्ने सयौं महिला नेतृहरुलाई पाखा लगाउँदै बुर्जवाहरु नै यीनका लागि प्यारो बनिरहेका छन् । यिनका कलममा जेबी टुहुरे, जीवन शर्मा, रामेश, रायन, रमेश अर्याल, राजन राई, खुसीराम पाख्रिन कहिल्यै अटाएनन् ।

पार्टीको ईज्जत, सिद्धान्तको गरिमा र क्रान्ति प्रतिको निष्ठा प्रदर्शन गर्ने सयौं महिला नेतृहरुलाई पाखा लगाउँदै बुर्जवाहरु नै यीनका लागि प्यारो बनिरहेका छन् । यिनका कलममा जेबी टुहुरे, जीवन शर्मा, रामेश, रायन, रमेश अर्याल, राजन राई, खुसीराम पाख्रिन कहिल्यै अटाएनन् ।

कुनै बेला जसको जगमा गाँउमा मान्छे भेला हुन्थे, जसको जगमा नागरिकमा राजनीतिक चेतना भरिन्थे, जसको जगमा संगठन बनाइन्थ्यो, ती कलाकारका लागि ओली पथका नेताहरुका सामाजिक सञ्जाल कहिल्यै पोष्टिएनन् । तर अहिले अल्ली वर्ष पहिलेसम्म छाडा संस्कृति, पश्चिमा संस्कृति, बुर्जुवा कलाकार र समाजका विकृतिका रुपमा यिनै नेताहरुले चित्रित गर्ने पात्र महान् कलाकार, पूर्व पत्रकार, राजनीतिमा आउन चाहेकी डाईनामिक लिडरका रुपमा रुपान्तरित भएकी छिन् । राजा महेन्द्रलाई आदर्श ठान्ने कोमल वलीहरु राष्ट्रियसभाका लागि योग्य बनिरहँदा सावित्रा अर्याल पार्टीकै लागि मोर्चामा छिन्, देवी वाग्ले पार्टी संगठन बनाउन मै तल्लीन छिन्, भारती खनाल अहिले पनि महिलाहरुलाई संगठित गरेर मुक्तिका कुरा गरि नै रहेकीछिन् । कोमल वली माननीय बनिरहँदा रमेश अर्याल कपिलवस्तुमा थलिएर बसेका छन्, जीवन शर्मा छोराको उपचारका लागि दाताको सहयोग माग्नु पर्ने बाध्यतामा छन्, रामेश केटाकेटीलाई म्युजिक सिकाउन बाध्य छन्, राजन राई, चन्द्रा गुरुङ जनसङ्गीत यात्राबाटै हराएर गएका छन् ।

सयौं जनताका कलाकारहरु पटक पटक कम्युनिष्ट नामधारीहरु राज्यसत्तामा पुग्दा पनि जनताकै गीत गाएर जीवन धान्न नसकेपछि बुर्जुवा संगीतका अगाडि आत्मसमर्पण गर्न बाध्य भएका छन् । पञ्चायत विरोधी आन्दोलनमा आगो बाल्ने हाँस्य कलाकार साम्दे शेर्पा कता हराए ? ओलीपथधारीका कलम चल्दैनन्, हजारौं जनतालाई हँसाएरै विचार पिलाउन मनोज गजुरेल अहिले पनि मेला महोत्सवमा घाँटी सुकाएर आर्थिक आर्जन गर्छन् । राज्यको ध्यान त्यतातिर छैन । राज्यको पहुँचमा र पदमा पुगेका ओलीपथधारीहरुलाई तिनको पटक्कै सम्झना छैन । तर कोमल वलीको मनमा परेको पीर शंकर पोखरेलको पनि पीर बनेको छ । उनलाई गरिएको प्रहारले मुख्यमन्त्री ज्युको मनमा चोट पुगेको छ ।

विचार नमिल्ने विपक्षीलाई जिउँदै श्रद्धान्जली दिने हर्कतसम्म उभिन सक्ने ओलीपथकै मार्ग समातेर पन्तहरुले प्रयोग गरेको पिँडुलाका कुरा खेदजनक छ, अस्वीकार्य छ ।

ओलीपथधारीहरु बुर्जुवा कलाकारका रक्षाकवच बनिरहँदा आफुलाई क्रान्तिकारी ठान्ने रघुजी पन्तहरु पनि तीनै ओलीपथको कित्ताका शब्दहरु प्रयोग गर्दै पिँडुलाका कुरा गरिरहेका छन् । विचार नमिल्ने विपक्षीलाई जिउँदै श्रद्धान्जली दिने हर्कतसम्म उभिन सक्ने ओलीपथकै मार्ग समातेर पन्तहरुले प्रयोग गरेको पिँडुलाका कुरा खेदजनक छ, अस्वीकार्य छ । ओलीलाई प्रतिगमनकारी भन्दै धारे हात लगाउने तथाकथित अग्रगमनकारी पन्तहरुले प्रयोग गर्ने भाषा र शैलीले उल्टै समाज र संस्कृतिलाई पुरातनवादी, महिलाविरोधी प्रतिगामी भएको प्रष्टै छ ।

यो देशमा गाली गर्ने, अरुलाई होच्याउने, अपमान गर्ने, आफुहरु रछ्यानमा डुबेर अरुलाई कुरीकुरी गर्ने कार्यमा ओलीपथधारीलाई अरुले जित्न अलि गारो नै छ । पत्रकारले तिमी शब्द प्रयोग गर्दा गाली गर्ने ओलीका शिष्यहरुलाई भने माननीय साननीय जसलाई पनि तिमी भन्ने छुट छ । किन की उनीहरु यो देशका सर्वशक्तिमान सुपरम्यान हुन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  १० : ५२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं