२२ बैशाख २०८१, शनिबार | May 4, 2024

प्रधानमन्त्री ओलीको इमोशनल सम्बोधन, – ममाथि शारीरिक हमला हुनसक्छ, अन्यथा नलिनुहोला



पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने आशंका गरेका छन् ।

गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुमाथि जुनसुकै बेला पनि शारीरिक आक्रमण हुनसक्ने आशंका गर्दै कार्यकर्ताहरुलाई अनौठो नमान्न आग्रह गरेका हुन् ।

प्रतिनिधिसभा भंग गरेको कदमलाई सर्वोच्च अदालतले बदर गरेपछि नैतिकताको आधारमा राजीनामा नदिएका ओली थप आलोचित बनेका छन् । यही मेसोमा प्रधानमन्त्री ओलीले कार्यकर्ताको ‘सेन्टिमेन्ट’ बटुल्न ‘इमोशनल भाषण’ गरेका हुन् या साँच्चिकै शारीरिक आक्रमण हुने संकेत पाएर ओलीले बोलेका हुन् भन्नेबारे जिज्ञासा उत्पन्न भएको छ ।

गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई समेत प्रधानमन्त्री ओलीले आफैमा केन्द्रित गरेका छन् भने सेनाको गुप्तचर निकायले समेत ओलीलाई रिपोर्टिङ गर्ने गर्छ ।

सरकारले पूर्व विशिष्ठहरुको सुरक्षामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको संख्या घटाएपनि अहिले प्रधानमन्त्री ओलीको सुरक्षा घेरा भने थप मजबुद बनाएको छ । सबै खाले सुरक्षाका घेराभित्र रहेका प्रधानमन्त्री ओलीले शारीरिक हमलाको विषय पोखरामा किन उठाए ? गम्भीर बनेको छ ।

कार्यकर्ता भेलालाई सम्बोधनमा आफुमाथि चारैतिरबाट प्रहार भएको बताउँदै ओलीले भनेका छन्, ‘शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला।’

ओलीले आफु नरहे पनि पार्टी भने जीवितै रहने विश्वास व्यक्त गरे । पार्टीको भविष्य अन्धकार बन्न नदिन उनले कार्यकर्ताहरुलाई अपील पनि गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफुले सबैखाले परिस्थितिको सामना गर्न तयार भएर बसेको समेत बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ३ : १५ बजे

नेपाललाई पहिलो झड्का, १३ रन बनाएर आउट भए भुर्तेल

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम टी-२०

वेस्ट इन्डिज ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई १७३रनको लक्ष्य दिएको छ

प्रधानमन्त्रीद्वारा प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता उद्घाटन

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाँकाल गाउँपालिकालाई पर्यटकीय

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार

काठमाडौं । ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका