१६ असार २०८३, मंगलबार | June 30, 2026

प्रधानमन्त्री ओलीको इमोशनल सम्बोधन, – ममाथि शारीरिक हमला हुनसक्छ, अन्यथा नलिनुहोला



पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने आशंका गरेका छन् ।

गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुमाथि जुनसुकै बेला पनि शारीरिक आक्रमण हुनसक्ने आशंका गर्दै कार्यकर्ताहरुलाई अनौठो नमान्न आग्रह गरेका हुन् ।

प्रतिनिधिसभा भंग गरेको कदमलाई सर्वोच्च अदालतले बदर गरेपछि नैतिकताको आधारमा राजीनामा नदिएका ओली थप आलोचित बनेका छन् । यही मेसोमा प्रधानमन्त्री ओलीले कार्यकर्ताको ‘सेन्टिमेन्ट’ बटुल्न ‘इमोशनल भाषण’ गरेका हुन् या साँच्चिकै शारीरिक आक्रमण हुने संकेत पाएर ओलीले बोलेका हुन् भन्नेबारे जिज्ञासा उत्पन्न भएको छ ।

गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई समेत प्रधानमन्त्री ओलीले आफैमा केन्द्रित गरेका छन् भने सेनाको गुप्तचर निकायले समेत ओलीलाई रिपोर्टिङ गर्ने गर्छ ।

सरकारले पूर्व विशिष्ठहरुको सुरक्षामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको संख्या घटाएपनि अहिले प्रधानमन्त्री ओलीको सुरक्षा घेरा भने थप मजबुद बनाएको छ । सबै खाले सुरक्षाका घेराभित्र रहेका प्रधानमन्त्री ओलीले शारीरिक हमलाको विषय पोखरामा किन उठाए ? गम्भीर बनेको छ ।

कार्यकर्ता भेलालाई सम्बोधनमा आफुमाथि चारैतिरबाट प्रहार भएको बताउँदै ओलीले भनेका छन्, ‘शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला।’

ओलीले आफु नरहे पनि पार्टी भने जीवितै रहने विश्वास व्यक्त गरे । पार्टीको भविष्य अन्धकार बन्न नदिन उनले कार्यकर्ताहरुलाई अपील पनि गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफुले सबैखाले परिस्थितिको सामना गर्न तयार भएर बसेको समेत बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ३ : १५ बजे

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग

साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने

काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज