२३ बैशाख २०८१, आइतबार | May 5, 2024

२०७८ को एकै वर्षमा ३ वटा दशैं



काठमाडौं । आगामी २०७८ सालमा तीन दसैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दसैँ परेको छ । ७ वैशाख मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

यसैगरी २६ चैत २०७८ शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ परेको छ । बडादसैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दसैँ आगामी वर्ष २१ असोज बिहीबार घटस्थापना गरेर सुरु हुनेछ ।

२७ असोज बुधबार महाअष्टमी, २८ असोज बिहीबार महानवमी र २९ असोज शुक्रबार विजयादशमी परेको छ । कार्तिककृष्ण पक्षमा सुरु भएर शुक्ल पक्षमा सकिने तिहार १६ कात्तिक मङ्गलबारदेखि सुरु हुनेछ ।

दसैँ र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ । लक्ष्मीपूजा १८ कात्तिक बिहीबार र भाइटीका २० कात्तिक शनिबार परेको छ । चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दसैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन् ।

शक्तिको आराधना गर्न वर्षमा चार नवरात्र पर्ने भए पनि चैत्र शुक्ल र आश्विन शुक्लको दसैँलाई नेपालीले महत्त्वका साथ मनाउने गरेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । वर्षमा चारपटक अर्थात् चैत, असार, असोज र पुस महिनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छ । असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आमरूपमा मनाउने परम्परा छैन । यस वर्ष असोजमा मलमास ९अधिकमास० परेकाले २०७८ सालमा तीन वटा दसैँ परेको उनले जानकारी दिए । रासस

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ४ : ४३ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ