१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

२०७८ को एकै वर्षमा ३ वटा दशैं



काठमाडौं । आगामी २०७८ सालमा तीन दसैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दसैँ परेको छ । ७ वैशाख मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

यसैगरी २६ चैत २०७८ शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ परेको छ । बडादसैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दसैँ आगामी वर्ष २१ असोज बिहीबार घटस्थापना गरेर सुरु हुनेछ ।

२७ असोज बुधबार महाअष्टमी, २८ असोज बिहीबार महानवमी र २९ असोज शुक्रबार विजयादशमी परेको छ । कार्तिककृष्ण पक्षमा सुरु भएर शुक्ल पक्षमा सकिने तिहार १६ कात्तिक मङ्गलबारदेखि सुरु हुनेछ ।

दसैँ र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ । लक्ष्मीपूजा १८ कात्तिक बिहीबार र भाइटीका २० कात्तिक शनिबार परेको छ । चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दसैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन् ।

शक्तिको आराधना गर्न वर्षमा चार नवरात्र पर्ने भए पनि चैत्र शुक्ल र आश्विन शुक्लको दसैँलाई नेपालीले महत्त्वका साथ मनाउने गरेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । वर्षमा चारपटक अर्थात् चैत, असार, असोज र पुस महिनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छ । असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आमरूपमा मनाउने परम्परा छैन । यस वर्ष असोजमा मलमास ९अधिकमास० परेकाले २०७८ सालमा तीन वटा दसैँ परेको उनले जानकारी दिए । रासस

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ४ : ४३ बजे

आज आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका ३०

अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौं । काठमाडौं उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा