२७ बैशाख २०८३, आइतबार | May 10, 2026

कांग्रेस संसदीय दलको बैठक फागुन २१ गते, सांसदहरुलाई काठमाडौं नछोड्न निर्देशन



काठमाडौं । प्रतिनिधिसभा बैठकको मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

काँग्रेसले फागुन २१ गते शुक्रबार दिउँसो १ बजे नयाँ वानेश्वरस्थित संसद भवनको लोत्से हलमा संसदीय दलको बैठक बोलाएको हो । बैठकमा सहभागी हुन र सांसदहरुलाई काठमाडौं नछोड्न कांग्रेसले सबै सांसदहरुलाई निर्देशन दिएको छ ।

सांसदहरुलाई बाहिर नगई नहुने अवस्था भए परामर्श गरेर मात्र काठमाडौं बाहिर निस्कन कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सांसदहरुलाई निर्देश गरेका छन।

सर्वोच्च अदालतको आदेशपछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बैठक फागुन २३ गते आइतबार अपरान्ह ४ बजे बोलाएकी छिन्

प्रतिनिधिसभा भंग गरेर प्रतिगमन गरेको भन्दै कांग्रेस समेत आन्दोलनमा रहेको थियो । तर, संसद भंग गर्ने प्रधानमन्त्रीलाई निरन्तरता दिन नहुने भन्दै नयाँ प्रधानमन्त्री चयन गर्नुपर्ने विषय यतिबेला जोडतोडले उठिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भने भने आफुले राजीनामा नदिने भन्दै दुई वर्षसम्म आफ्नै नेतृत्वमा सरकार चल्ने बताउँदै आएका छन् ।

यतिबेला कांग्रेसले गर्ने निर्णय महत्वपूर्ण भएको छ । कांग्रेसमा ओली सरकारलाई साथ दिन हुँदैन भन्ने आवाज उठिरहेको छ । तर, सभापति शेरबहादुर देउवा भने पार्टीलाई जताबाट बढी फाइदा हुन्छ त्यतै लाग्ने भन्दै तत्कालका लागि नेकपाको औपचारिक विभाजन नभएको अवस्थामा कुनै निर्णय गर्न नहुने बताउँदै आएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १२ : २७ बजे

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

मूल्य पारदर्शिता सप्ताहलाई महासङ्घको ऐक्यबद्धता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारद्वारा घोषणा गरिएको मूल्य

अमेरिका पक्षधर देशले हर्मुजमा ‘कठिनाइको सामना गर्नुपर्ने’ इरानको चेतावनी

तेहरान । इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको

उद्योग विस्तार र लगानी वृद्धि गर्ने बजेट ल्याउन परिसङ्घको आग्रह

काठमाडौं । आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि