४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रचण्ड-नेपाल नेकपाको केन्द्रीय कमिटी बैठक सुरु, संसदीय दलको नेता परिवर्तनको निर्णय अनुमोदन गर्ने



काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । बैठकले संसदीय दलको नेता फेर्ने निर्णयलाई अनुमोदन गर्ने बताइएको छ ।

यसअघि, आजै बसेको स्थायी कमिटी बैठकले संसदीय दलको नेता फेर्ने पूर्व निर्णयलाई केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने प्रस्ताव तय गरेको थियो । प्रचण्ड नेपाल नेकपाले प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीलाई यसअघि नै दलको नेताबाट हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई नेता बनाउने निर्णय गरेको थियो ।

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलका अनुसार संसदीय दलको नेता फेर्ने यसअघिको प्रस्तावलाई पार्टीको केन्द्रीय कमिटीबाट अनुमोदन गर्नका लागिएको बताए । नेता पौडेलले केन्द्रीय कमिटी बैठकमा संसदीय दलको नेतासहित, मुख्य सचेतक र अविश्वासको प्रस्तावका विषयमा छलफल हुने जानकारी दिए ।

संसदीय दल पार्टीकै एक अंग भएका कारण पार्टीको बहुमतले गर्ने निर्णय संसदीय दलमा लागु हुने प्रचण्ड नेपाल नेकपाको दाबी छ । यद्यपी, संसदीय दलको नेता भने पार्टीका सांसदहरुले चयन गर्ने गर्दछन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १ : ४० बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म