१२ बैशाख २०८१, बुधबार | April 24, 2024

खेर गएको जमिनमा व्यावसायिक ‘एभोकाडो (ध्यू फल)’ खेती



बागमती । पहाडी भेगमा रहेको पाखो तथा खेती गर्न नसकिने जमिनले पनि अबको दिनमा करोडौँको आम्दानी दिन्छ भन्ने उदाहरण बनेको छ मकवानपुर जिल्लाको मनहरी गाउँपालिका-४ का कृष्णबहादुर न्यौपानेको खरबारी । न्यौपानेले खेती गर्न नसकिने अवस्थामा रहेको पाखो जग्गामा व्यावसायिक रुपमा एभोकाडो (ध्यू फल) खेती गर्दै आएका छन् ।

खरबारीको रुपमा रहेको जग्गालाई उनले अहिले व्यावसायिक रुपमा फलफूल एभोकाडो खेती गर्दै आएका छन् । न्यौपानेले आजभन्दा साढे दुई वर्षअघि लगाएको एभोकाडो पाँच वर्षमा फल दिने गरी तयार हुन्छ । करिब दुई बिघा क्षेत्रफलमा रोपेको एभोकाडो उत्पादन सुरु भएपछि वार्षिक दुई करोडसम्मको फल बिक्री गर्न सकिने न्यौपानेले प्रारम्भिक अनुमान छ ।

एभोकाडोको बिरुवा अहिले करिब साढे दुई वर्षको भएको उनको भनाइ छ । केही वर्ष अगाडि आम्दानीको स्रोत नभएपछि वैदेशिक रोजगारमा गएका न्यौपानेले दुई वर्षसम्म दुःख गर्दा आफू गएको ऋण तिर्नमात्र सकेको बताउँछन् । उनी भन्छन्, “विदेश भनेर धन कमाउन जानु बेकार रै’छ, पैसा त हाम्रै माटोमा पो फल्नेर’छ । यो पाखोले पनि दीर्घकालीन रुपमा योजना बनाइएमा आर्थिक आम्दानी दिन्छ भनेर मैले सोंचेको पनि थिइन ।”

उनले थपे, “मेरो भाइले यो खरबारीमा एभोकाडो लगाउने सल्लाह दियो, त्यसैअनुसार गरेँ । यसको बजार पनि राम्रै रै’छ, फेरि आर्थिक आम्दानीको दृष्टिकोणले समेत राम्रो कमाइ हुने रहेछ । यसमा अन्य खेतीबालीको जस्तो दुःख पनि छैन ।” करिब दुई बिघा क्षेत्रफलमा न्यौपानेले ३ सय ५० वटा एभोकाडोको बिरुवा रोपेका छन् । एक बोटले तीन क्वीन्टलसम्म फल दिने प्राविधिकले बताएको उनको भनाइ छ । उक्त जग्गामा तारबारसहित जम्मा रु १० लाख लगानीमा सुरु गरेको यस फलफूल खेतीले अबको साँढे दुई वर्षभित्र आम्दानी दिने प्राविधिकले बताएको न्यौपानेले जानकारी दिए ।

काठमाडौंको एक नर्सरीबाट प्राविधिक सहयोगसहित बिरुवा खरिद गरिएको र फल तयार भएपछि पनि सो नर्सरीले नै खरिद गर्ने शर्तसमेत गरिएको उनको भनाइ छ । यसैगरी हेटौंडा उपमहानगरपालिका–१३ निवासी सञ्चाकर्मीसमेत रहेका रिपेश दाहालले पनि आफ्नै घरमा एभोकाडोको सामान्य नर्सरी स्थापना गरेका छन् । तत्कालका लागि थारै क्षेत्रफलमा एभोकाडोको नर्सरी स्थापना गरे पनि विस्तारै बढाउँदै लैजाने दाहालको भनाइ छ ।

माग राम्रो भएकाले आफूले पनि भविष्यमा एभोकाडो खेतीलाई व्यावसायिक रुपमा अघि बढाउने लक्ष्य रहेको उनी बताउँछन् । बागमती प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले किसानलाई एभोकाडो खेतीतर्फ आकर्षण गर्न किसानलाई एभोकाडोको बिरुवा वितरण गर्ने कार्यको थालनी गरेको छ ।

प्रदेशअन्तर्गतको विभिन्न जिल्लाका रहेका कृषि ज्ञान केन्द्रमार्फत विभिन्न प्रजातिका फलफूलका बिरुवासँगै एभोकाडोको बिरुवासमेत किसानलाई वितरण गर्ने कार्यक्रम रहेको मन्त्रालयकी प्रवक्ता सुलोचना श्रेष्ठले जानकारी दिइन् ।

पारिवारिक निजी वन महासंघकी महासचिव आरती पाठकले नेपालमा खेती नहुने पाखो जमीन प्रशस्त रहेको र त्यस जमीनबाट किसानलाई करोडौँ आम्दानी हुने रुख तथा फलफूल खेती गर्न सकिने बताइन् । उनले भनिन्,“हामीले खेती गर्न नसकेर घाँसपातको लागि मात्र प्रयोग गर्दै आएको जमीनमा कम मेहनतबाटै करोडौँ रुपैयाँ आम्दानी गर्न सक्ने रहेछौँ भनेर अहिले धेरै किसानले बुझिसक्नुभएको छ ।” उनले थपिन्, “फेरि हाम्रो माग भनेको जसरी हामीले पूर्जा भएको जमीनमा लगाएका बाली बेच्न पाउछौँ रुखलाई पनि सोही तरिकाले बेच्न पाउनुपर्छ भन्ने हो ।” पारिवारिक निजी वनमा भएका रुख बिरुवा बेच्नलाई राज्यले नै सहज बनाउनुपर्ने उनको भनाइ छ ।

मकवानपुरमा हाल धेरै जनाले पारिवारिक निजी वन दर्ता गरेको र सो वनबाट आम्दानी गर्न उन्मुख रहेको पाठकले बताइन् । हालसम्म पारिवारिक निजी वनबाट अम्रिसो तथा जडीबुटीसमेत उत्पादन भइरहेको जानकारी दिइन् । बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलले नीति निर्माण गर्ने समयमा नै पारिवारिक निजी वनबाट किसानलाई राहत दिने विषयमा सोच्नुपर्ने बताइन् । उनले भनिन्, “विभिन्न बोटबिरुवा रोप्न र हुर्काउन पनि सरकारले अनुदान दिनुपर्ने अवस्थामा उहाँले यस्ता क्षेत्रमा ध्यान दिन सके राष्ट्र समृद्ध हुने छ ।”

जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीले जग्गा बाँझो रहन नदिन र यस्ता उदाहरणीय कार्य गर्न समितिले पहल कदम चाल्ने बताइन् । बजारमा एभोकाडोको प्रतिकेजी बजार मूल्य न्यूनतम रु ३ सयदेखि अधिकतम रु ५ सयमा बिक्री वितरण हुने गर्दछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ३ : ४० बजे

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा