१६ असार २०८३, मंगलबार | June 30, 2026

सार्वजनिक स्थानमा बोल्दा ध्यान दिने नेकपा अध्यक्ष प्रचण्डको प्रतिबद्धता



काठमाडौं । प्रचण्ड-नेपाल नेकपाका अध्यक्ष प्रचण्डले आगामी दिनमा सार्वजनिक रूपमा बोल्ने विषयमा आफुले ध्यान दिने बताएका छन् ।

प्रचण्डले एक अन्तरवार्तामा प्रयोग गरेको कम्फर्टेवल शब्दको सर्वत्र आलोचना भएपछि पार्टीको केन्द्रीय कमिटी बैठकमा अब बोल्दा ध्यान दिने स्पष्टिकरण दिएका हुन् ।

प्राइम टेलिभिजनमा अन्तरवार्ताका क्रममा कांग्रेस, सजपा र आफु नेतृत्वको नेकपाको गठबन्धनको सरकारबाट भारतलाई अझै कम्फर्टेवल हुने कुरा गरेपछि उनको सामाजिक सञ्जालमा आलोचना भएको थियो । उनले अन्तर्वातामा चीन र भारत दुबैलाई कम्फर्टेवल हुने कुरा गरेको भएपनि प्रधानमन्त्री ओली पक्षीय कार्यकर्ताहरुले चीन शब्दलाई काटेर भारतलाई कम्फर्टेवल हुन्छ भन्ने वाक्यलाई सामाजिक सञ्जालमा भाइरल बनाएका थिए ।

प्रचण्डको विवादित शब्दका विषयमा केन्द्रीय सदस्यहरुले प्रश्न गरेपछि उनले स्पष्टीकरण दिएका हुन् ।

‘मैले सचेत रुपमा अन्तर्वार्ता दिएको थिएँ। १२ बुँदेदेखिको प्रसंगमा मैले भारतसँगको विशिष्ट सम्बन्धका बारेमा जोड दिएर कुरा गरेको हुँ’, बैठकमा प्रचण्डले भनेका थिए, ‘मैले चीनको कुरा पनि गरेको थिएँ। तर, ओलीका साइबर स्यालहरूले भिडियो काटेर अपव्याख्या गरे। मेरो नियत खराब थिएन।’

प्रचण्डले केन्द्रीय सदस्यहरूलाई आश्वस्त पार्दै थपे, ‘तैपनि आगामी दिनमा बोल्दा ध्यान पुर्याउनुपर्छ भन्नेमा म सचेत भएको छु।’

भिडियोमा चीन र भारत दुबैलाई कम्फर्टेवल हुन्छ भनेर बोलेको भएपनि त्यसलाई काटेर ‘कांग्रेस, नेकपा र जनता समाजवादी पार्टीबीच गठबन्धन सरकार बन्दा भारतलाई पनि कम्फर्टेवल हुन्छ’ भन्ने बनाएर प्रचण्ड भारतसँग मिलेको भन्दै प्रचार गरिएको थियो। जसको प्रचण्ड पक्षका कार्यकर्ताहरुले पनि आलोचना गरेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ३ : ४७ बजे

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग

साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने

काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज