८ बैशाख २०८१, शनिबार | April 20, 2024

जाजरकोटको बारेकोटमा भेटिए ८८ प्रजातिका चरा



जाजरकोट । बारेकोट गाउँपालिकामा गरिएको अध्ययनबाट लोपोन्मुख चरा फेला परेका छन् । एक हजार ८९१ मिटरदेखि दुई हजार ३०९ मिटरसम्मको उचाइमा रहेको यहाँका सामुदायिक वनमा गरिएको अध्ययनबाट ८८ प्रजातिका चरा फेला परेको छ ।

विश्वमै लोपोन्मुख हाडफोर गिद्ध, राष्ट्रियस्तरमा लोपोन्मुख हिमाली गिद्ध, सङ्कटासन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय नियन्त्रण सन्धिको अनुसूची (आइआइमा) मा सूचीकृत कालो चिल र कालिज, काकाकुल तथा कर्रासुगा फेला परेको रेड पाण्डा नेटवर्कका भूपाल केसीले जानकारी दिए ।

कुनै ठाउँमा पनि सूचीकृत नभएको तर लोपोन्मुख लामोठुँडे चाचर पनि फेला परेको छ । जैविक विविधताले भरिपूर्ण बारेकोटमा तीन दिन लगाएर गरिएको अध्ययनबाट सो तथ्य पत्ता लागेको हो ।

रेड पाण्डा नेटवर्कको आर्थिक सहयोग र डाँफे युवा क्लबको साझेदारीमा रेड पाण्डा नेटवर्कका संयोजक सरोज श्रेष्ठ, केसी, चितवन बर्ड सोसाइटीका अध्यक्ष रमेश चौधरी, शिक्षक कालीबहादुर थापा, सामुदायिक वनका वनरक्षकसहितको टोलीले वडा नं १ का कोल्ली खोला, रामीडाँडा, आग्रखोला, नीलापारा, ध्यापा टाकुर, वडा नं २ को लिम्सा जङ्गल, वडा नं ४ का मैना, जम्काखोला, कलेबारी, मारेपानी, जङ्गल तल्कोट, रतनकोट, पाखा, धाउखानीलगायत जङ्गलमा अध्ययन गरिएको थियो ।

रामीडाँडाको कोटेली खोलादेखि छेडासम्म ४० जातका चराचुरङ्गी पाइएको पक्षी संरक्षक गोविन्दबहादुर सिंहले जानकारी दिए । मैनाको कलेबारी सामुदायिक वनअन्तर्गतको झम्खोलाको एक हजार ८९१ मिटरदेखि कलेबारी दुई हजार ३०९ मिटर हुँदै तलकोटसम्म अनुगमन गर्दा ३८ जातका चरा तथा रामीडाँडाको लिम्साको देउल, दोमिल्दा हुँदै पुनः खोलासम्म १० थरिका चरा फेला परेका थिए । बारेकोट मात्र नभएर जाजरकोट चराको नमूना क्षेत्र नै भएको केसीले बताए । रासस

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ३ : ५८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल