१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

देउवा खुले : सरकारको नेतृत्व गर्ने अवस्था आए जिम्मेवारीबाट भागिन्न !



चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने अवस्था आए पछि नहट्ने बताएका छन् ।

चितवन आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री हुने अवसर पाए जिम्मेवारीबाट नभाग्ने बताएका हुन् ।

देउवाले कांग्रेसलाई पदको लोभ नभएपनि काँधमा जिम्मेवारी आए पूरा पुरा गर्ने बताए । देउवाले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।’ उनले प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने जिकिर गरे ।

देउवाले कांग्रेसले अहिले सरकारको नेतृत्व लिन हुँदैन भनेर कांग्रेसबाटै सानो चित्त बनाउन नहुने धारणा राखे । सरकारको नेतृत्व गर्न पाए कांग्रेसलाई फाइदै हुने बताउँदै देउवाले त्यसअघि नेकपाको विभाजन हुनपर्ने बताए ।

तर, एउटै मञ्चमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने कांग्रेस प्रतिपक्षमा नै बस्नुपर्ने बताएका छन् । तर सोही मञ्चमा विशिष्ठ अतिथिका रुपमा बोल्दै बरिष्ठ नेता पौडेलले प्रतिपक्षी दलको भूमिकाबाट कांग्रेस कतै पनि डगमगाउनु नहुने बताए ।

पौडेलले कांग्रेस प्रतिपक्षी दलको भूमिकामा रहनु पर्ने भन्दै जनतामा रहेका निराशा हटाउन लाग्नुपर्ने बताए । उनले जनताको भरोसाको एकमात्र पार्टी कांग्रृ नै रहेको बताउँदै लोकतन्त्र प्रतिको निष्ठाबाट कांग्रेस डगमगाउन नहुने स्पष्ट पारे ।

 

 

 

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ४ : २७ बजे

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको

आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक

काठमाडौं। लोकेश बमले आयरल्याण्ड वोल्भ्सविरुद्ध शतक प्रहार गरेका छन् ।

अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग

झापा । भारतबाट हुने अवैध आयात र दक्षजनशक्तिको अभावले झापाका