२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

बम राखिएको हल्लापछि ताजमहल बन्द



नयाँ दिल्ली, सिन्ह्वा । भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि आज सो ताजमहल बन्द गराइएको समाचारमा जनाइएको छ ।

यहाँका स्थानीय सञ्चारमाध्यमहरुले सो समाचारपछि बिहीबार बिहानदेखि अहिलेसम्म बन्द गराइएको बताएका छन् । साथै सो ताजमहलभित्र रहेका विभिन्न विदेशी तथा स्वदेशी पर्यटकलाई बाहिर निस्किन स्थानीय सुरक्षा अधिकारीहरुले सूचना जारी गरेका छन् ।

बिहीबार सो ताजमहलमा कम्तीमा पनि एक हजार जना पर्यटक रहेका र उनीहरुलाई सो ताजमहलको परिसरबाट बाहिर निस्किन सूचना जारी गरिएको समाचारमा जनाइएको छ ।

एकजना अज्ञात व्यक्तिले त्यहाँ बम रहेको सूचना फोनबाट यहाँका स्थानीय सुरक्षा अधिकारीलाई गराएका थिए । त्यसपछि उक्त स्थान खाली गराएर बम रहे नरहेको बारेमा अनुसन्धान गर्ने काम भइरहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

बमको यो हल्लाले पर्यटकीय सहर आग्रामा पनि सतर्कता अपनाइएको छ । उक्त ताजमहल यहाँका मुगल सम्राटले आफ्नी श्रीमती मुमताज महलको स्मृतिमा सन् १६५३ मा निर्माण गरेका हुन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  २ : २३ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री