२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

हजारौं किसान नाङ्गो खुट्टा सरकारका विरुद्ध सडकमा प्रदर्शन गर्दा पत्रकारहरुले हिरो/हिरोईनको कपडा र कारको समाचार लेखे : मन्त्री बराल



बुटवल । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले पुंजिवादको दवदवाका कारण श्रमजिवी र गरिवहरु निर्वाचनमा सहभागी हुनै नसक्ने अवस्था आएको बताएका छन् । प्रचण्ड-नेपाल नेकपा निकट प्रेस संगठनको रुपन्देही भेलालाई सम्बोधन गर्दै मन्त्री बरालले पुंजिवादले समाचार लेखनमा पनि एकाधिकार कायम गर्ने गरेको बताए ।

उनले पुंजिपती वर्गको अधिपत्यका कारण स्वतन्त्र पत्रकारीता धरापमा परेको उल्लेख गर्दै मालिकको पक्षमा समाचार नलेखेकै कारण जागिरबाट विस्थापन हुनुपर्ने अवस्था रहेको बताए । समाजलाई सहिबाटोमा मार्गनिर्देशगर्न सचेत आलोचना आवश्यक पर्ने भन्दै मन्त्री बरालले पत्रकार जगतले सचेत आलोचना गर्दै समाजलाई मार्गनिर्देश गर्नुपर्ने बताए । उनले संसारमा रहेका पुंजिपतीवर्गको सम्पत्ती बाँड्ने हो भने बिश्व समुदायका मान्छेहरुलाई प्रसस्त पुग्ने उल्लेख गर्दै पुजिपतिहरु आम नागरिकलाई विपद पर्दा चन्द्रमामा मान्छे पठाउने कुरा गर्ने गरेको बताए ।

मन्त्री बरालले भारतमा हजारौं किसानहरु नाङ्गै सडकमा बिद्रोह गरिरहँदा भारतिय सञ्चारमाध्यमले भारतिय हिरो र हिरोईनहरुको कार र कपडाको समाचार लेखेको टिप्पणी गरे । उनले पुंजिपतिहरुले हरेक वस्तुलाई मालकारुपमा लिने गरेको भन्दै पत्रकारले जति कडा आलोचना ग¥यो समाजले त्यतिबढी सकरात्मक नतिजा पाउने उल्लेख गरे । ‘नेपालमा कडा र आलोचनात्मक समाचार लेख्दा कर्पोरेट हाउसले पत्रकारिताबाट बिदा गरिदिने गरेको छ ।’ उनले भने, ‘पत्रकारले बौद्धिक सत्ता निर्माणमा भूमिका खेल्नु पर्दछ ।’

 

 

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  २ : ३० बजे

फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक

कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई

दार्चुला । दार्चुला सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली

खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक

आज मध्यान्नसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

आज भ्यालेन्टाइन डे

काठमाडौं । आज फेब्रुअरी १४, विश्वभर मनाइने भ्यालेन्टाइन डे अर्थात्