२ पुस २०८२, बुधबार | December 17, 2025

मोतिपुर औधोगिक कोरिडोरको शिलान्यासमा स्थानियले अवरोध गर्ने चेतावनी



बुटवल । ५० वर्ष देखि बसोबास गर्दै आएका स्थानीयको बैकल्पिक व्यवस्था नगरि रुपन्देहीको मोतिपुरमा निर्माण गर्ने भनिएको औद्योगिक कोरिडोरको शिलान्यास हुने निश्चित भएपछि स्थानीयबासीले कार्यक्रम हुन नदिने चेतावनी दिएका छन् ।

मोतिपुर औधोगिक करिडोर पिडितले बिहिबार पत्रकार सम्मेलन गर्दै विहिबार हुने भनिएको शिलन्यास कार्यक्रमलाई रोक्ने चेतावनी दिएका हुन् ।

सुद्घोधन गाउपालिकामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका संयोजक रामप्रसाद पाण्डेले राज्यबाट गासबास कपासको ग्यारेन्टी हुनुपर्नेमा राज्य चुकेको बताए । पाण्डेले किसानले जोगभोग गरेको जग्गाको लालपुर्जा सरकारको नाममा गराएर सरकारले जनता लुट्ने काम गरेको आरोप लगाए ।

कार्यक्रममा बोल्दै सुद्घोधन गाउपालिका वडा ३ का वडाअध्यक्ष शिव खड्काले कोरिडोर शिलान्यासको विषयमा औपचारिक जानकारी नभएको भन्दै नागरिकको गास, बास र कपाससँग जोडिएको बिषयमा स्थानीय सरकारसँग समन्वय नै नगरि संघीय सरकारले शिलान्यास गर्न लागेको बताए । दैनिक पिडामा रहेका स्थानियहरु सरकारबाट समस्या सम्बोधन हुने आशामा रहेको बताए ।

स्थानीय बामपन्थी युवा नेता किरण नेपालले सरकारलाई किसानले तिरो, सम्पत्ती कर तिरिरहेको भएपनि यहाको बस्तुस्थिति नबुझि सरकारले कदम चालेको बताए। ईआईए समेत नगरि जबरजस्ति रुपमा काम शिलान्यासको काम अघि बढाएको भन्दै उनले स्थानिय जनताको बसोबासको ग्यारेन्टी गर्नुपर्ने बताए ।

गत १३ गते अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रम तय भएको भएपनि संसद पुनर्स्थापना भएपछि सृजित परिस्थितीका कारण पौडेलले शिलान्यास गर्ने कार्यक्रम स्थगन गरिएको थियो । १३ गते स्थगन भएको शिलान्यासको कार्यक्रमलाई भोलि शुक्रबारको लागि निश्चित गरिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ४ : १३ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व