१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

मोतिपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाउन बनेको कार्यदलले थाल्यो काम



बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको समस्या पहिचान र जग्गाको क्षेत्रफल यकिनका लागि गठन भएको कार्यदलले काम थालेको छ ।

जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा बुटवल उपमहानगरपालिकाको कार्यालयमा बसेको बैठकले मोतीपूर औद्योगिक क्षेत्रको नाममा रहेको जग्गा र सो क्षेत्रको वस्तुस्थितिको यथार्थ अवस्था पहिचान गर्नका लागि ड्रोनबाट नापजाँच गर्ने निर्णय गरेको छ ।

औद्योगिक क्षेत्रको डीपीआर तयार भएपनि सो क्षेत्रमा कुन ठाउँदेखि कुन ठाउँसम्म कति जग्गा औद्योगिक क्षेत्रको नाममा रहेको हो भन्ने यकिन नभएकाले ड्रोनबाट नापजाँच गर्ने र त्यसैअनुसार प्रतिवेदन तयार गर्ने निर्णय गरेको कार्यदलका सदस्य सचिव बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।
औद्योगिक क्षेत्रका ८१३ बिगाहा जग्गालाई दुईपटक नापजाँच गरी आवश्यक रकम निकाशाका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई सिफारिश गर्ने निर्णय गरेको उनले बताऐ ।

बैठकले प्रभावित क्षेत्रका वडा अध्यक्षहरुले आ–आफ्ना वडाभित्रका सो औद्योगिक क्षेत्रको जग्गाभित्र बसोबास गरेका व्यक्तिहरुको हकभोग गरेको जग्गाको विवरण सहितको नामावली ५ दिनभित्र कार्यदललाई उपलब्ध गराउन आग्रह गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले मोतीपूर औद्योगिक क्षेत्रको ड्रोन प्रविधिबाट तत्काल नाप नक्शांकन प्रक्रिया अघि बढाउन मोतीपूर औद्योगिक क्षेत्रका कार्यालय प्रमुखलाई जिम्मेवारी दिने निर्णय गरेको पनि सदस्य सचिव पन्थीले बताए ।

मोतीपूर औद्योगिक क्षेत्रको शिलन्याश भएपनि स्थानीयको समस्या समाधान नगरी काम अघि बढ्न नसकेपछि औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर काम अघि बढाउने भन्दै बुटवल उपमहानगरपालिकाको संयोजनमा गृहमन्त्री बालकृष्ण खाँणको आतिथ्यता र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको अध्यक्षतामा सरोकारवालासहित गत शुक्रबार बेलुका बसेको बैठकले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको थियो ।

कार्यदलमा औद्योगिक क्षेत्रका कार्यालय प्रमुख, सम्बन्धित वडाका अध्यक्ष, बुटवलस्थित मालपोत कार्यालयका प्रमुख, वन कार्यालयका प्रमुख, जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि, प्रदेश उद्योग मन्त्रालयका अधिकृत प्रतिनिधि, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सदस्य र बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहेका छन् ।

कार्यदललाई मोतीपूर औद्योगिक क्षेत्रको के कति जग्गाको क्षेत्रफल घटाउन सकिन्छ ? भनी ७ दिनभित्र यथार्थ प्रतिवेदन दिने गरी अधिकार दिइएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

कार्यदलले ७ दिनभित्र प्रतिवेदन पेश गरेपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकाले कार्यदलबाट प्रतिवेदन प्राप्त भएको ३ दिन भित्र कार्यपालिकाबाट निर्णय गरी सिफारिश गर्ने निर्णय गरेको प्रमुख पाण्डेयले बताए ।

मोतिपुर ओद्योगिक क्षेत्रको नाममा लागत कट्टा भईसकेको जग्गामा केही पहिले देखि नै र केही लागत कट्टी भईसकेपछि जग्गाका घर टहरा बनाई बसोबास गरिरहेका छन् । पहिले देखि नै सो क्षेत्रको ऐलानी जग्गामा दलहरुले भूमिहिनहरुको नाममा बसोबास गराएपनि औद्योगिक क्षेत्र शिलान्याश पूर्व बैकल्पिक व्यव्स्था गर्ने आश्वासन दिएका थिए । तर बैकल्पिक व्यवस्था नगरि अर्थमन्त्री हुँदा एमाले उपाध्यक्ष विष्णु पौडेल शिलान्याश गर्न पुगेपछि स्थानीयले अवरोध गरि पौडेललाई लखेटेका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ४ : ५५ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग