७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवल उपमहानगरपालिकासहित सिद्धार्थनगर र देवदह मिलाएर महानगर बनाउने अर्थमन्त्री पौडेलको घोषणा



बुटवल । ३ वर्ष पहिले आफैले शिलान्यास गरेको तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवन ३ वर्ष पछि अर्थमन्त्री विष्णु पौडेलले आफै उदघाटन गरेका छन् । नगरपालिकाको वडा नम्बर ६ कुञ्जलापुरमा निर्मित प्रशासनिक भवनको आज अर्थमन्त्री पौडेलले एक कार्यक्रमका बीच उदघाटन गरेका हुन् ।

भवनको उदघाटन गर्दै पौडेलले सोही भवन तथा ठाउँलाई प्रशासनिक केन्द्र बनाएर महानगर बनाउने घोषणा समेत गरेका छन् । उनले रुपन्देहीको तिलोत्तमालाई केन्द्रमा राखेर महानगर निर्माण गरिने बताउँदै जिल्लाका बुटवल उपमहानगरपालिकासहित सिद्धार्थनगर नगरपालिका, देवदह लगायतका क्षेत्रलाई समेटेर प्रशासनिक कार्यालय तिलोत्तमा रहने गरी महानगर निर्माण गरिने बताए ।

२०७४ माघ ७ गते तत्कालीन प्रतिनिधिसभा सदस्यको रुपमा पौडेलले सो भवनको शिलान्यास गरेका थिए । ८ बिगाहा १४ कट्ठा क्षेत्रफलमा फैलिएको प्रशासनिक भवन परिसरमा १९१२.६ वर्गमिटरमा फैलिएको चार तलाको भवन निर्माण भएको छ । भवनमा करिव १२० जना क्षमताको सभाहलसहित ४० वटा कोठा रहेका छन् ।

८ करोड ७९ लाख लागत अनुमान रहेको भवनको निर्माण सम्झौता ६ करोड ४२ लाखमा भएको बताईएको छ ।

अर्थमन्त्री पौडेलले रुपन्देहीले भौतिक पूर्वाधर तथा विकास निर्माणको क्षेत्रमा फड्को मारेको बताउँदै विकास हेर्नका लागि अब रुपन्देही आउनुपर्ने दाबी गरे । उनले रुपन्देही विकासको रोल मेडल भएको जिकीर गर्दै उनले जिल्लालाई विकासका हरेक क्षेत्रमा कुनै पनि हिसाबले पछि पर्न नदिने प्रतिवद्धता समेत व्यक्त गरे ।

भवनमा ६ जना सवार गर्ने लिफ्ट, चिसो–तातो पानी, नगर प्रहरी आवास लगाएतका सेवाहरु रहेका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल –भैरहवा सडकखण्डबाट १२ सय मिटर पश्चिम रहेको नगरको प्रशासन भवनमा आवत–जावतका लागि ३४ फुटको सडक विस्तार तथा बुटवल बेलहिया सडक खण्डबाट कार्यालय प्रवेश गर्ने प्रवेशद्वार निर्माण कार्य जारी रहेको छ ।

सो अवसरमा अर्थमन्त्री पौडेलले नगरपालिकाले सञ्चालनमा ल्याएको डिजिटल नागरिक वडापत्रको सुभारम्भ गरेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ६ : २८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११