६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

कञ्चनपुरमा नेपाल प्रहरीसँगको भिडन्तमा भारतीय तस्कर गोबिन्द सिंहको मृत्यु, एकजना प्रहरी जवान घाइते



कञ्चनपुर । कञ्चनपुर जिल्लाको नेपाल भारत सिमाक्षेत्रमा अवैध सामान ओसार पसार गर्ने भारतीय तस्कर र प्रहरीबीच दोहोरो भिडन्त हुँदा एकजना भारतीय तस्करको ज्यान गएको छ।

कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–७ पौलाहा नजिक नेपाल–भारत सीमा क्षेत्रमा प्रहरी र भारतीय तस्करबीच मुडभेड हुँदा एक जना भारतीय तस्करको ज्यान गएको हो ।

चोरी निकासी पैठारी नियन्त्रण गर्न खटिएको प्रहरी गस्तीमा रहेको प्रहरीमाथि भारतीय तस्करले पायर खोलेपछि भएको जवाफी गोलिी प्रहारमा भारतीय तस्करको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी अमर थापाले बताए । प्रहरीको जवाफी फायरिङमा घाईते भएका भारतीय नागरिक गोबिन्द सिंहको मृत्युभएको उनले पुष्टि गरे । स्थानीय श्रीपुर प्राथमिक उपचार केन्द्रमा उपचारका क्रममा सिंहको मृत्यु भएको डीएसपी थापाले जानकारी दिए ।

‘गोली लागेर गम्भीर घाइते भएका भारतीय तस्करको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो’ डीएसपी थापाले भने ।

चार जनाको समूहमा आएका भारतीय तस्करले गस्तीमा रहेको ईलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीमाथी गोली प्रहार गरेको थियो। भारतीय तस्करको गोली लागेर एक जना प्रहरी जवान पनि घाइते भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  १० : २९ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस