२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुँदै, प्रधानमन्त्री ओली र विप्लवले संयुक्त सम्बोधन गर्दै



काठमाडौं । प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द आज सार्वजनिक हुँदैछन ।

बुधबार र बिहीबार सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीचको वार्ता सफल भएपछि बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारी वार्ता टोली र विप्लव समूहबीच बिहीवार ३ बुँदे सहमति भएसँगै सोही विषयमा विस्तृत जानकारी दिन आज विशेष समारोहको आयोजना हुँदैछ । राष्ट्रिय सभागृहमा आज प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले दिउँसो २ बजे संयुक्त रुपमा सम्बोधन गर्नेछन् ।

बिहीवार भएको सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लागाइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषय रहेका छन् ।

यसअघि बुधबार दुई चरण र बिहीबार बिहानको वार्तापछि ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

मन्त्रिपरिषद् बैठकले २ वर्षअघि लगाएको प्रतिबन्ध हटाएर विभिन्न मुद्दामा थुनामा रहेका चन्द नेकपाका नेताकार्यकर्तालाई रिहा गर्ने प्रक्रिया अघि बढाएको छ ।

गृह मन्त्रालयले यसका लागि प्रहरी प्रधान कार्यालयलाई सर्कुलर गरेको उच्च स्रोतले बतायो । गृहमन्त्रीनिकट एक अधिकारीले भने, ‘चन्द नेकपाका सबै शीर्ष नेता छाड्न परिपत्र भइसकेको छ ।’ आज २ बजे चन्द सार्वजनिक हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्द समूहका महासचिव नेत्रविक्रम चन्दले सहमतिको विस्तृत विवरण प्रस्तुत गर्दै सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

विप्लव आज हेलिकप्टरमा काठमाडौं आउँदैछन । उनलाई ल्याउन सरकारले हेलिकोप्टर ‘स्ट्याण्ड बाई’ रोखेको छ । विप्लवलाई लिन जान निजी कम्पनीको हेलिकप्टर स्ट्याण्डबाई राखेको सरकारको एक मन्त्रीले जानकारी दिए । स्रोतकाअनुसार विप्लवलाई काठमाडौं ल्याउन एक निजी कम्पनीको हेलिकोप्टर तयारी अवस्थामा राखिएको हो ।

सरकारले विप्लव नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ७ : ३९ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात