१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

नक्कली डाक्टरका कारण सिंगो चिकित्सक पेशा नै बदनाम भयो : सामाजिक विकासमन्त्री बराल



बुटवल । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले नक्कली डाक्टरका कारण सिंगो चिकित्सक पेशा बदनाम भएको बताएका छन् ।

नेपाल चिकित्सक संघ लुम्बिनीले राष्ट्रिय चिकित्सक दिवसको अवसरमा आयोजना गरेको मेडिभ्वाईस लुम्बिनी बुलेटिन विमोचन गर्दै मन्त्री बरालले केही व्यक्तिका कारण पेशा नै बदनाम भएकाले त्यस्ता व्यक्तिको खोजी गरेर कारबाहीको दायरामा ल्याउन प्रदेश सरकार लागि परेको बताए ।

चिकित्सकलाई धेरैले भगवान जस्तै मानेपनि केही गलत व्यक्तिले पेशामा हिलो छ्याप्ने काम गरेको भन्दै त्यसलाई अन्त्य गर्न प्रदेश सरकार लागेको र चिकित्सकहरुले समेत यो अभियानमा साथ दिनुपर्ने उनको भनाई छ ।

उनले कोभिडको समयमा चिकित्सक, स्वास्थ्य क्षेत्रको बास्तविक अवस्था देखिएको भन्दै स्वास्थ्य क्षेत्रमा अझै सुधार आवश्यक रहेको बताए ।

मन्त्री बरालले चिकित्सकहरुले शुल्क बृद्धिको माग गरेकोमा उक्त माग जायज भएको समेत बताए । शुल्क बृद्धि भएमा अझ बढि विशेषज्ञ सेवा प्रदान गर्न सकिने भएकाले समय क्रम संगै शुल्क बृद्धि हुनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष डा. ईन्द्र ढकालले करोडौ खर्च गरेर अध्यायन गरेका चिकित्सकले न्यून शुल्कमा काम गर्नु परेको भन्दै सरकार संग शुल्क बृद्धिको माग गरे ।

उनले सामाजिक सुरक्षाको प्रत्याभुती सरकारले दिलाईदिन समेत माग गरे । सरकारले स्वास्थ्यलाई सर्वसुलभ बनाउन निशुल्क शिक्षा प्रदान गर्नुपर्ने भन्दै उनले निशुल्क शिक्षा पछि मात्र स्वास्थ्य क्षेत्र सर्वसुलभ हुने बताए ।

चिकित्सक दिवसको अवसरमा संघले चिकित्सकहरुका आश्रित परिबारका सदस्यहरुलाई परामर्श शुल्क नलिने घोषणा समेत गरेको छ । कार्यक्रममा डा. सन्तोष पोखरेल सम्पादक रहेका मेडिभ्वाईस लुम्बिनी बुलेटिन समेत विमोचन गरिएको थियो ।

सो अवसरमा युसिएमएस भैरहवाका सह प्राध्यापक डा. कृष्ण कुमार अग्रवालले मेडिकल ईथिस, नेपाली परिबेषमा विषयक एक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रम संघका अध्यक्ष डा. ईन्द्र ढकालको अध्यक्षता, उपाध्यक्ष डा. डि.वी खत्रीको स्वागत तथा महासचिव डा. सन्तोष पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ८ : ४१ बजे

बागमतीका मुख्यमन्त्रीले हानेपालाई सरकारमा भित्र्याए, शैलेन्द्रमान बने भौतिक पूर्वाधारमन्त्री

काठमाडौं । बागमती प्रदेशमा नेकपा र नेकपा (एमाले)बीच सत्ता साझेदारीमा

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर । मोरङको विराटनगर नाका भइ आर्थिक वर्ष २०८२/८३ मा

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई

सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीसहित देशका विभिन्न स्थानमा भएका तनावपूर्ण

प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सत्तारुढ दल राष्ट्रिय