८ माघ २०८२, बिहिबार | January 22, 2026

रुपन्देहीको मोतिपुरमा पर्दा पछाडिबाट स्थानीय उचालिए : अर्थमन्त्री पौडेल



बुटवल । स्थानीयबासीको चर्को विरोध भएपछि मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेर सम्बोधनलाई बीचमै छाडेर हिँडेका अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा पुगेर पर्दा पछाडिबाट उचालिएकाहरुले कार्यक्रम भाँड्न खोजेको बताएका छन् ।

प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयमा पुगेर पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पौडेलले पर्दा पछाडीका पात्रले स्थानीयलाई भ्रम छरेर विकासको बाटोमा अवरोध पु-याउन खोजेको बताए ।

उनले मोतिपुर औद्योगिक क्षेत्र भित्र पर्ने कसैलाई पनि बेदखल नगरिने स्पष्ट पार्दै अव्यवस्थित बसोबास गरिरहेका सबै स्थानीयलाई लालपुर्जा प्रदान गर्न सरकार प्रतिबद्ध भएको बताए । मोतिपुरको ओद्योगिक क्षेत्र कुनै व्यक्तिको जग्गामा स्थापना हुन नलागेको अर्थमन्त्री पौडेलले बिधि प्रक्रिया पुरा गरेर औद्योगिक क्षेत्र स्थापना हुन लागेको स्पष्ट पारे ।

पर्दापछाडीबाट स्थानीयलाई उचालिएको भन्दै पौडेलले विकासको गतिलाई अवरुद्ध पार्ने तत्वलाई पर्दाफास गर्न पत्रकारहरुलाई आग्रह गरे । ‘मोतिपुर आसपासमा बस्ने स्थानीय भुमिहिनहरुलाई जमिनको मालिक यहि सरकारले बनाउँछ, पर्दा पछाडिबाट भ्रम छर्नेहरुले लालपुर्जा दिने होईन ।’ उनले भने, ‘सबैको जिम्मा हामी लिन्छौं , सबैलाई जमिनको मालिक बनाउछौं ।’

औद्योगिक क्षेत्रले स्थानीयलाई बिस्थापित गर्छ भन्दै भ्रम सिर्जना गरिएको उल्लेख गर्दै उनले कसैको उक्साहतका कारण विकासको गति नरोकिने बताए । उनले जनतालाई भ्रम छरेर उक्साउनेहरुलाई परिचयका साथ पर्दा अगाडि आउन पौडेलले चुनौती दिए । उक्साउने समूह को हो भन्ने बिषयमा भने उनले केहि बताएनन् ।

पत्रकार सम्मेलनमा बोल्दै उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले विकास बिरोधी जनप्रतिनिधिहरुबाटै उचालिएर कार्यक्रममा अवरोध पु-याउन स्थानीय आएको आरोप लगाए । उनले विकासको अभियानमा अवरुद्ध गर्ने तत्वका विरुद्ध लाग्न सबैलाई आग्रह पनि गरे । विकासको विरोध गर्ने तर विकास भएन भनेर गुनासो गर्ने तत्वले स्थानीयलाई उचालेर भ्रम छाडिएको बताए ।

भट्टले कार्यक्रममा अवरोध गर्नेहरु प्रचण्ड-नेपाल पक्षतर्फ संकेत गर्दै राजनीतिक आग्रह र पूर्वाग्रह राखेर कार्यक्रम बिथोल्न खोजिएको आरोप लगाए । ‘कार्यक्रम नगर भनेर सामान्य फोनसम्म आएको थियो, सामान्य विरोध होला भन्ने लागेको थियो, तर रुपन्देहीमा जनप्रतिनिधिका नाममा विकास नगर्ने तर विकास भएन भन्ने प्रवृतिले काम गरेको देखियो ।’ उनले भने, ‘विकास विरोधीहरुको अव जनताले प्रतिकार गर्नु पर्छ ।’

मोतिपुर औधोगिक कोरिडोरको शिलान्यास गरेर भाषण गरिरहँदा स्थानीयले माईकको लाईन काटिदिएपछि पौडेल बिचमै सम्बोधन छाडेर निस्केका छन् ।

स्थानीयको ज्ञापन पत्र, अवरोध गर्ने चेतावनी र बैकल्पिक व्यवस्थाको मागलाई पन्छाएर अर्थमन्त्री पौडेलले शिलान्यास गरेपछि कोरिडोर क्षेत्रमा भएको झडपमा कम्तीमा १० जना स्थानीय प्रदर्शनकारी र १ जना शसस्त्र प्रहरी सहित केहि प्रहरी घाइते भएका छन् ।

बिहिबार शिलान्यासका लागि तयार गरिएको मञ्च स्थानीयले भत्काईदिएपछि रातारात शसस्त्र प्रहरीले मञ्च खडा गरेर अर्थमन्त्री पौडेल शिलान्यास गर्न मोतिपुर पुगेका थिए ।

बिहानै देखि बालबच्चा र जेष्ठ नागरिक सहित कार्यक्रमस्थल घेर्न आएका स्थानीयलाई प्रहरीले हटाउन खोज्दा झडप भएको हो ।

शिलान्यास सकेर मन्त्रीहरु फर्के लगत्तै स्थानीयहरुले शिलान्यासको शिलालेख भत्काउनुका साथै शिलान्यासस्थलमा तोडफोड गरेका छन् ।

मोतिपुर औधोगिक कोरिडोरका लागि अतिक्रमण गरेको ८१३ बिगाहा जमिन मध्य २५० बिगाहा जमिनमा बिगत ५५ वर्ष देखि ३ हजार घर परिवार बस्दै आएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ४ : ३५ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा