१६ असार २०८३, मंगलबार | June 30, 2026

अविश्वास प्रस्तावबारे अझै अलमलमा कांग्रेस



काठमाडौं । पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा तय गर्न बसेको नेपाली कांग्रेस संसदीय दलको बैठक पर्ख र हेर कै दुविधामा अलमलिएको  छ ।

संघीय ससंद भवन नयाँवानेश्वरमा शुक्रबार बसेको संसदीय दल बैठक समसामयिक राजनीतिक विषयमा छलफल भएपनि निष्कर्षमा पुग्न सकेन । बिहीबार बसेको पदाधिकारी बैठकले संसदीय दलको बैठक पनि सांसदहरुको धारणाका आधारमा निष्कर्षमा पुग्ने निर्णय गरेको थियो । तर शुक्रबार बसेको संसदीय दलमा २९ जना सांसदहरुले धारणा राखेको भएपनि राजनीतिक विषयमा लिने निर्णयबारे भने दल निष्कर्षमा पुग्न सकेन ।

आगामी आईतबारको प्रतिनिधिसभा बैठकमा नेकपाका सांसदहरुको भूमिकाको  विश्लेषण गरेर मात्रै कांग्रेसले निर्णय गर्ने भएको छ । बैठक पछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै प्रमुख सचेतक बालकृष्ण खाँडले कांग्रेसले उचित समयमा उचित निर्णय लिने बताए ।

खाँडले भने, ‘बैठक प्रारम्भ भएपछि बैठकभित्र राजनीतिक दलका साथीहरुले खासगरी नेकपाका साथीहरुले कसरी आफूलाई प्रस्तुत गर्नुहुन्छ, ती सबै कुराहरुलाई गम्क्भीरतापुर्वक समिक्षा, विश्लेषण गरेर कांग्रेसले उचित समयमा उचित निर्णय गर्छ । ‘

बैठकले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानवाद र लोकतन्त्रको विजय भएको निष्कर्ष निकालेको छ ।

त्यसैगरी कोभिड-१९ को खोप सबैलाई दिलाउने गरि बन्दोबन्द मिलाउन र कोभिडको समयदेखि बन्द भएका सिमा नाकाहरु स्वास्थ्य सर्तकताको मापदण्ड अपनाएर अबिलम्ब सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ७ : ११ बजे

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा दिपक भट्टको सक्कल मिसिल झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग

साउदी अरेबियाबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काइने

काठमाडौं । साउदी अरेबिया सरकारले आफ्नो कारागारमा रहेका ३३ जना

पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पचास हजार विज्ञसँग सुझाव सङ्कलन गर्ने

काठमाडौँ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम

विदेशी पीआर लिएर सम्पर्कविहीन बनेका चार निजामती कर्मचारीलाई कारवाही गरिँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज