७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

लुम्बिनी प्रदेशका मौरी पालक किसानलाई एड्भान्स तालिम प्रदान



बुटवल । लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयको आयोजानमा प्रदेशमा व्यवसायीक रुपमा मौरी पालन गर्दै आएका किसानहरुलाई ‘मौरी पालान सम्बन्धी एड्भान्स लेवलको तालिम’ प्रदान गरेको छ । ३ दिन सम्म आयोजना गरिएको तालिममा मौरी विज्ञ अनुरुद्र प्रसाद शुक्ला, विष्णु प्रसाद काफ्ले ले सहजीकरण गरेका थिए ।

भैरहवमा सञ्चालित तालिममा एक कार्यक्रमका विच शुक्रबार समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकोटाले व्यवसायीक किसानहरुलाई अझ बढि जिम्मेबार भएर मौरी व्यवसायमा लाग्नको लागि आग्रह गरे । उनले कानुनी प्रत्रिया पुरा गरी आफ्नो ब्रान्ड स्थापना गर्नको लागि लाग्नुपर्नेमा जोड दिए ।

तालिम समापन कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख विमल कुमार दाहालले गुणस्तरमा विशेष ध्यान दिनपुर्ने भन्दै अनुज्ञा पत्र, लेवलिङ्ग गरेर मात्रै खाद्यपादर्थ विक्रि गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा कृषि विकास निर्देशनालय बुटवलका बरिष्ठ बाली विकास अधिकृत राम गोविन्द्र आर्या, बरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारी, प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना कार्यान्वयन ईकाई भैरहवका प्रमुख राम प्रसाद पन्थी, कृषि विकास निर्देशनालयका बाली संरक्षण अधिकृत राम बहादुर खत्री, कृषि विकास अधिकृत दयाराम बस्याल, मौरी पालक किसान संघ प्रदेशका अध्यक्ष रामहरी शर्मा लगायतको सहभागीता रहेको थियो ।

तालिममा प्रदेशका १२ वटा जिल्लाबाट १, १ जना नमुना किसान र मौरी पालक किसान महासंघ लुम्बिनी प्रदेशका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ९ : १९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल