१२ असार २०८३, शुक्रबार | June 26, 2026

लुम्बिनी प्रदेशका मौरी पालक किसानलाई एड्भान्स तालिम प्रदान



बुटवल । लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयको आयोजानमा प्रदेशमा व्यवसायीक रुपमा मौरी पालन गर्दै आएका किसानहरुलाई ‘मौरी पालान सम्बन्धी एड्भान्स लेवलको तालिम’ प्रदान गरेको छ । ३ दिन सम्म आयोजना गरिएको तालिममा मौरी विज्ञ अनुरुद्र प्रसाद शुक्ला, विष्णु प्रसाद काफ्ले ले सहजीकरण गरेका थिए ।

भैरहवमा सञ्चालित तालिममा एक कार्यक्रमका विच शुक्रबार समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकोटाले व्यवसायीक किसानहरुलाई अझ बढि जिम्मेबार भएर मौरी व्यवसायमा लाग्नको लागि आग्रह गरे । उनले कानुनी प्रत्रिया पुरा गरी आफ्नो ब्रान्ड स्थापना गर्नको लागि लाग्नुपर्नेमा जोड दिए ।

तालिम समापन कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख विमल कुमार दाहालले गुणस्तरमा विशेष ध्यान दिनपुर्ने भन्दै अनुज्ञा पत्र, लेवलिङ्ग गरेर मात्रै खाद्यपादर्थ विक्रि गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा कृषि विकास निर्देशनालय बुटवलका बरिष्ठ बाली विकास अधिकृत राम गोविन्द्र आर्या, बरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारी, प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना कार्यान्वयन ईकाई भैरहवका प्रमुख राम प्रसाद पन्थी, कृषि विकास निर्देशनालयका बाली संरक्षण अधिकृत राम बहादुर खत्री, कृषि विकास अधिकृत दयाराम बस्याल, मौरी पालक किसान संघ प्रदेशका अध्यक्ष रामहरी शर्मा लगायतको सहभागीता रहेको थियो ।

तालिममा प्रदेशका १२ वटा जिल्लाबाट १, १ जना नमुना किसान र मौरी पालक किसान महासंघ लुम्बिनी प्रदेशका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ९ : १९ बजे

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन्

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धार कार्य तीव्र

काठमाडौं । उत्तरी भेनेजुएलामा लगातार गएका दुई शक्तिशाली भूकम्पमा परी

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

काठमाडौं । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस