२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

आज मेलम्चीको पानी काठमाडाैंमा झर्ने : प्रधानमन्त्री ओलीले अवलोकन गर्दै



काठमाडौं । दुई दशकभन्दा लामो प्रतीक्षापछि बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामार्फत आज शनिबार काठमाडौंमा सिन्धुपाल्चोकस्थित मेलम्चीको पानी आइपुग्ने भएको छ । मेलम्ची परियोजनाको सुन्दरीजल प्रशोधन केन्द्रमा आज पानी आइपुग्ने भएको हो ।

सुन्दरीजलमा पानी आइपुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशोधन केन्द्रको निरीक्षण गर्ने तय भएको छ । केहीदिनअघि खानेपानी आयोजनाले सुरुङमा पानी हालेर परीक्षण गरेको थियो ।

आज काठमाडौंमा मेलम्चीको पानी आउने भएसँगै काठमाडौंवासीको तीन दशकभन्दा बढीको प्रतीक्षाले मूर्तरूप पाउने भएको छ । फागुन १० गते परियोजनाले परीक्षणका लागि २६ किलोमिटर लामो सुरुङमा पानी हालेको थियो ।

मेलम्ची आयोजनाले सुरुङमार्फत पानी काठमाडौं आउने भएपछि बागमती नदीमा पानीको सतह बढ्नसक्ने भन्दै सार्वजनिक सूचनामार्फत काठमाडौंका स्थानीयलाई सचेत गराइसकेको छ । सुन्दरीजलदेखि बल्खुसम्म नै परियोजनाले स्थानीयलाई नदी आसपास नजान सतर्क गराएको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ८ : २५ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री