१२ बैशाख २०८१, बुधबार | April 24, 2024

ओली पक्षको संसदीय दल बैठक आज, कति सांसद उपस्थित होलान !



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठक आज बस्दैछ ।

बैठकका लागि ओलीले हालै मात्र नियुक्त गरेका प्रतिनिधिसभाका मुख्य सचेतक विशाल भट्टराई र राष्ट्रिय सभाका सचेतक खिमलाल भट्टराईले सबै सांसदहरुलाई बारम्बार एसएमएस पठाइरहेका छन् ।

ओली पक्षमा आज कति सांसद खुलेर लाग्छन् भन्ने कुरालाई चासोपुर्वक हेरिएको छ । शुक्रबार बसेको प्रचण्ड नेपाल पक्षीय नेकपा संसदीय दलको बैठकमा प्रचण्डले आफ्नो पक्षमा ११५ जना सांसद रहेको दाबी गरेका थिए । प्रचण्ड नेपाल पक्षले बहुमत सांसदको समर्थनमा संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरेको छ ।

संघीय संसदमा नेकपाका २२३ जना सांसदहरु रहेका छन् । राष्ट्रिय सभमा रहेका ५० सांसद मध्ये ओली र प्रचण्ड नेपालतिर २४ २४ जना सांसदहरु रहेका छन् । वामदेव गौतम कुनै पक्षमा लागेका छैनन् भने राष्ट्रिय सभा अध्यक्षले मतदान दिन पाउँदैनन् । प्रतिनिधिसभामा १७३ जना सांसदमध्ये प्रचण्ड नेपाल पक्षले आफ्नो तर्फ ९१ जना सांसद रहेको दाबी गरेका छन् । संसदीय दलको बैठक बस्नु अघि गौतमलाई मनाउन प्रधानमन्त्री ओली शुक्रबार साँझ गौतम निवास भैंसेपाटी पुगेका थिए ।

तर, आज बस्ने ओली पक्षको संसदीय दल बैठकले प्रचण्ड नेपाल पक्षको बैठकलाई अस्वीकार गर्दै संसद सचिवालयलाई समेत प्रचण्ड नेपाललाई मान्यता नदिन दबाब दिने बुझिएको छ ।

भोलिदेखि सुरु हुने प्रतिनिधिसभाको अधिवेशन संचालन गर्नका लागि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा कुन समुहलाई मान्यता दिने भन्ने विषय संसद सचिवालयका लागि पेचिलो बनेको छ । प्रचण्ड नेपाल पक्षले ओली पक्षलाई मान्यता नदिन पत्राचार गरेको छ भने ओली पक्षका मुख्य सचेतक विशाल भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रचण्ड नेपाल पक्षले गरेको दाबीलाई अस्वीकार गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ८ : ४६ बजे

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको

आजको मौसम : केही प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

‘भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न